भरतपुरमा गठबन्धनमा लफडा “माकेलाई पुलाउ मासु काँग्रेसलाई दालमाेठ चिउरा”

चितवन समाचार डटकम, २५ चैत ।
गठवन्धनमा रहेका नेपाली काँग्रेस चितवन र माओवादी केन्द्र बिच भरतपुर महानगरमा प्रमुखको टिकट कस्ले लिने भन्ने बिषयलाई लिएर आपसी तिक्तता बढेकाे छ ।

दुबै पार्टीले महानगर प्रमुखमा दाबी पेस गरेका छन् । काँग्रेस चितवनका सभापति राजेश्वर खनाल र माओवादी केन्द्रका चितवनका नेता ईश्वरी भट्टराईले
एक टेलिभिजनमा छलफलमा सार्वजनिक रुपमा एकले अर्कोलाई छाड्न नसकिने बताएका छन् ।

अन्तरवार्ताका क्रममा काङ्ग्रेस सभापति खनालले भरतपुर महानगरमा गठवन्धन बाट प्रमुखकाे टिकट माओवादी केन्द्रले पाए चुनाव नजित्ने ठाेकुवा गर्नुभयो ।

“बस्तुगत अवस्था हेर्दा उहाँहरुले चुनाव जित्ने संभावना पाँच प्रतिशत मात्रै हाे, गठवन्धनमा भाेट हाल्नु भन्ने केन्द्रबाट निर्देशन जादैमा जिल्लामा कार्यकर्ताले माओवादी केन्द्रलाई मत दिन सक्ने अवस्था छैन,” सभापति खनालले भन्नुभयो ।

अघिल्लो पटक माओवादी केन्द्रलाई दिईएकाेले यसपटक भरतपुर महानगर प्रमुख पद काङ्ग्रेसले लिनु न्यायिक हुने सभापति खनालकाे तर्क थियाे ।
“अब अहिले मेयरमा पनि संसदीय चुनावमा पनि त्यसठाँउमा उहाँहरुलाई नै चाहिन्छ, मलाई पुलाउ मासु तलाई दालमाेठ चिउरा जस्तो भयाे ” खनालले भन्नुभयो ।
पाथि पुराउन दुई मानामा छ माना मिसाउने कि छ मानामा दुई माना मिसाउने ? गठवन्धन प्रतिकाे असन्तुष्टि राख्दै खनालले भन्नुभयो ।

साेहि अन्तरवार्तामा सहभागी माओवादी केन्द्रका नेता
ईश्वरि भट्टराईले भरतपुरमा आफ्नो पार्टि एक्लै लडे पनि जित्ने दावा गर्दै गठवन्धनबाट फेरि रेनु दाहाल उमेदवार बन्ने बताउनुभयो ।
काङ्ग्रेस पनि एक्लै लडेर कहाँ जित्न सक्छ, याे यथार्थ बुुझ्नुपर्छ नि ? उहाको प्रतिप्रश्न थियाे । भरतपुर बाहेक अरु ठाउँमा मिलाउन सकिने कुरा समाज्यसता हुने माओबादी नेता भट्टराईको भनाइ थियाे ।

भरतपुर महानगरमा प्रमुख पदमा गठवन्धन बाट माओवादी केन्द्रलाई टिकट दिईए काँग्रेसका मतदाताले भाेट नदिने चेतावनी सहित जिल्ला सभापति
राजेश्वर खनाल सहितकाे टाेलीले केन्द्रीय नेताहरु संग भेटघाट गरेको छ ।

गठवन्धनबाट उठ्ने उमेदवारलाई एकले अर्काेलाई स्विकार्न नसकिने तहकाे अवस्था बन्दै जादा महानगरकाे प्रमुख पदमा जित हासिल गर्न नेकपा एमालेका उमेदवारलाई अझ सहज बन्दै गएको आम मतदाताकाे बुझाई छ ।
गठवन्धनलाई एक्लै परास्त गर्ने तागत आफुहरुसंग रहेकाे एमाले चितवनका अध्यक्ष रामप्रसाद न्याैपाने बताउनुहुन्छ । “हामी एक्लै काफि छाै अझ त्यहाँ गाँड काेराकाेर छदैछ , भरतपुर महानगरमा एमाले कमर्फर्ट जाेनमा रहेकाे छ ” अध्यक्ष न्याैपानेले भन्नुभयाे ।

शेयर गरौ

ताजा अपडेट