वन डिभिजनद्वारा सडक आसपासमा सरफाइ अभियान

चितवन २५ चैत । डिभिजन वन कार्यालय भरतपुरको आयोजनामा सडक असपासको क्षेत्रमा जम्मा भएका प्लास्टिक जन्य फोहोर सरसफाइ गरिएको छ ।
स्थानीय तह र प्रदेश सरकारको सहकार्यमा डिभिजन कार्यालयको अगुवाइमा भरतपुरको विशालचोकदेखि विरेन्द्र क्याम्पस चोकसम्म सरसफाइ गरिएको हो । जिल्लाका विभिन्न सडक आसपासमा चल्ने सरसफाइ अभियानको डिभिजन वन कार्यालय भरतपुरका प्रमुख लोकराज नेपाल सुरुवात गर्नु भएको हो ।
कार्यक्रमम सम्वोधन गर्दै प्रमुख नेपालले अहिले प्लास्टिक जन्य फोहोर समस्याका रुपमा आएको बताउनु भयो । १० दिने अभियानले ठुलो काम नगरेपनि सचेतना र फोहोर फाल्न हुदैन भन्ने सद्यनेश दिएको बताउनु भयो । प्लास्टिकका सामग्री कम प्रयोग गर्ने, प्लाष्टिक फोहोर जथाभावी नफाल्ने वानी बसाल्नु पर्नेमा उहाले जोड दिनुभयो । कार्यक्रममा वन अधिकृत बालकृष्ण खनालले सरसफाइको महत्वको बारेमा प्रकास पार्नु भएको थियो ।
कार्यक्रममा विरेन्द्र क्याम्पस नमुना टोल सुधार समितिका अध्यक्ष शेषराज सापकोटा, वन कार्यालयका धिरेन्द्रप्रसाद पोखरेल, रणवहादुर खत्री, भरतराज विष्ट, भवानीप्रसाद श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।

शेयर गरौ

ताजा अपडेट