भरतपुरकी उपमेयरलाई धम्की आएको भन्दै काँग्रेसको आपत्ती

चितवन ८ फागुन । नेपाली काँग्रेस चितवनले भरतपुर महानगरपालिकाकी उप प्रमुख तथा नेपाली काँग्रेसकी नेतृ पार्वती शाह ठकुरीलाई  धम्की आएको भन्दै आपत्ती जनाएको छ ।
नेपाली काँग्रेस चितवनका सचिव उत्तम जोशीद्वारा आज जारी विज्ञप्तीमा जनप्रतिनिधिका रुपमा सामाजिक काम गर्दा गर्दै सामाजिक सञ्जाल मार्फत धम्की दिने प्रवृतिले मनोवल गिराउने काम भएको भन्दै ध्यानाकर्षण भएको जनाएको हो । कुनैपनि वहानामा यस्ता धम्की तथा मनोवल गिराउने काम नगर्न नगराउन समेत पार्टीले विज्ञप्ती मार्फत जनाएको छ ।
यस्ता गतीविधि गर्ने उपर कार्वाही गर्नसमेत सम्वन्धीत निकायसंग माग गरिएको छ । आउदा दिनमा यस्ता घटना नदोहो¥याउन समेत चेतावनी दिएको छ ।

शेयर गरौ

ताजा अपडेट