चितवनमा मिलेर जाने भन्दै पाँचदलकाे बक्तव्य : काँग्रेस सभापति भन्छन्, “महानगर हाम्राे बटमलाईन “

चितवन समाचारडटकम, २१ चैत ।
चितवनका सत्ता गठवन्धनधारी पाँच दलले स्थानीय तहकाे निर्वाचनमा तालमेल गरेर जाने निर्णय गरेका छन् ।
संयुक्त बैठक बसेर जिल्ला स्थित सातवटा स्थानीय तह र जिल्ला समन्वयमा समेत चुनावी तालमेल गर्ने निर्णय गरेका हुन् ।
नेपाली काँग्रेसका जिल्ला सभापति राजेश्वर खनाल, नेकपा माओवादी केन्द्रका जिल्ला संयाेजक रामचन्द्र अधिकारी , एकीकृत समाजवादीका जिल्ला ईन्चार्ज कृष्णप्रसाद खनाल, जसपा अध्यक्ष प्रेम भुजेल र राजमाे अध्यक्ष डम्बर पुरीले बैठक पछि संयुक्त बक्तव्य जारी गरेका छन् ।
बैठकले पालिकाहरुमा काँग्रेसकाे अगुवाइमा संयन्त्र गठन गर्ने, एकआपसमा सम्मान र हार्दिकताकाे बिकास गर्ने, केन्द्रीय परिपत्र अनुसार दलगत बस्तुस्थितिकाे बारेमा प्रतिवेदन तयार गर्न कार्यदल बनाउने निर्णय गरेकाे बक्तव्यमा उल्लेख छ ।
यसअघि नेपाली काङ्ग्रेस चितवनले भरतपुर महानगरपालिकामा मेयर नछाड्ने निर्णय लिएको थियाे ।
साे निर्णयवाट भने आफुहरु पछि नहटेकाे सभापति राजेश्वर खनालले बताउनुभयाे । “महानगरकाे सवालमा मेयर पाउनुपर्ने हाम्रो बटम लाईन हाे, हामी छाड्दैनाै केन्द्रले गठवन्धनकाे बैठक बस्नु भनेकाले बसिएकाे हाे ।”- सभापति खनालले भन्नुभयो ।

शेयर गरौ

ताजा अपडेट