आयोग सेटिङमा चलेकाेले निर्वाचन निश्पक्ष हुनेमा आंशका छ : ईश्वर पाेखरेल

चितवन समाचारडटकम, २१ चैत ।
नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष ईश्वर पाेखरेलले निर्वाचन आयाेग सत्ता गठबन्धनको सेटिङमा चलिरहेकोले निर्वाचन निश्पक्ष हुनेमा आशंका रहेको बताउनुभएको छ ।
प्रेस चाैतारी नेपाल चितवनले आज भरतपुरमा गरेको पत्रकार भेटघाटमा बाेल्दै नेता पाेखरेलले यस्ताे बताउनुभएको हाे ।” चुनावै सार्ने षड्यन्त्र थियाे, एमालेकाे दवावले त्याे संभव भएन तर, सेटिङकाे बिषाक्तकाे छाल आयाेगमा देखिएको छ ।”- पाेखरेलले भन्नुभयो , निश्पक्षतामाथि प्रश्न उठेकाे छ ।

स्थानीय निर्वाचनकाे मनाेनयन दुई दिन ताेकिनु पनि रहस्यमय रहेको उहाँले बताउनुभयो ।
एमाले निर्वाचनमा कुनै गठवन्धन बनायर नजाने बताउदै उपाध्यक्ष पाेखरेलले स्थानीय आवश्यकताका आधारमा कुनै ठाउँमा केही शक्ति संग तालमेल हुन सक्ने उल्लेख गर्नुभयो । तर माओवादी र एकीकृत समाजबादी सङ्ग तालमेलकाे संभावना नरहेको उहाले बताउनुभयो । “जस्ले आफ्नै सरकार ढालेर पार्टी बिभाजन गरेर अपराध गरे, उनीहरूसंग गठवन्धन वा तालमेलकाे कुनै अर्थ छैन हुदैन ।” – पाेखरेलले भन्नुभयो ।
प्रधानमन्त्रीकाे भारतभ्रमण बारे टिप्पणी गर्दै उहाँले सिमा बिबाद , ईपिजि प्रतिवेदनका सम्वन्धमा कुनै छलफल भएको नदेखिएको जिकिर गर्नुभयाे ।” चुच्चे नक्सा समेत हटायर बुच्चे नक्सा छापेर प्रधानमन्त्री बस्नुभएकाे छ, यसले स्वाभिमान गिराएकाे छ ।- उहाँले भन्नुभयाे ।

शेयर गरौ

ताजा अपडेट