चितवनका एमाले नेताहरुकाे चेतावनी : मतपत्र च्यातेर जित्ने सपना नदेख्नु हाेला

चितवन समाचार डटकम, ५ चैत ।
चितवनका नेकपा एमालेका नेताहरुले अवका निर्वाचनमा मतपत्र च्यातेर चुनाव जित्ने सपना नदेख्न प्रतिस्पर्धी दलहरुलाई चेतावनी दिएका छन् ।
नेकपा एमाले भरतपुर महानगरपालिका-१२ नम्वर वडा कमिटीले आज गरेको कार्यक्रममा बाेल्दै नेताहरुले चितवनका सबै स्थानीय तहमा सूर्यध्वजाबाहक उमेदवारकाे जित सुनिश्चित रहेकाे दाबी गरे ।
कार्यक्रममा नेकपा एमालेका पाेलिट्व्युराे सदस्य देवी ज्ञवालीले गत निर्वाचनमा भरतपुर महानगरकाे मतगणनामा भएको धाधली जगजाहेर रहेको बताउनुभयो ।
“मतपत्र च्यातेर वा चपाएर अब पनि चुनाव जितिन्छ कि भनेर सपना नदेख्नुहाेला” ज्ञवालीले भन्नुभयो ।
एमाले प्रति देशव्यापी आकर्षण बढेको र जनतामा आशा भराेसा यही पार्टी प्रति रहेको ज्ञवालीले बताउनुभयो ।
भुमि ब्यवस्था आयाेगका निवर्तमान अध्यक्ष समेत रहेका नेता ज्ञवालीले अहिले जग्गा विहिन सुकुम्बासीहरुलाई निसा बाडेर नक्कली काम भईरहेकाे उल्लेख गर्नुभयो । “सुकुम्बासीलाई लालपुर्जा दिने पार्टी एमाले नै हाे र अब पनि यहि पार्टीको सरकार आएपछि याे काम पूरा गर्छ ।” ज्ञवालीले भन्नुभयो ।
कार्यक्रममा प्रतिनिधि सभा सदस्य एमाले नेता कृष्णभक्त पाेखरेलले मुलुकाे समृद्धि , राष्ट्रियता प्रवर्द्धन र जनजिविका सवालमा एमालेकाे दृष्टिकोण अव्वल रहेको दावी गर्नुभयो ।
चितवनका सबै स्थानीय तहमा एमालेकाे जित निश्चित रहेकाे बताउदै नेता पाेखरेल उच्च मनाेवल लियर चुनावी प्रचारमा लाग्न स्थानीय नेता कार्यकर्तालाई अनुराेध गर्नुभयो ।
मतपत्र च्यातेर र च्यात्तिएको प्रत्यक्ष देख्नेहरु निदायर बसेकाे घटना ताजा छ अब धाधली गरेर चुनाव जित्न सकिन्छ कि भन्ने याेजना नवुन्न पाेखरेलले कांग्रेस र माओवादीलाई चेतावनी दिनुभयाे ।

कार्यक्रममा प्रदेश सभा सदस्य एवम् एमाले प्रदेश कमिटी सचिव विजय सुवेदीले देश विकासकाे खाका र स्पष्ट याेजना एमालेसंग मात्रै रहेको जिकिर गर्नुभयो ।

वडा कमिटी अध्यक्ष तीलप्रसाद न्याैपानेकाे अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश कमिटी सदस्य मङगलराम दराई, बाबुराम खरेल , जिल्ला कमिटी सदस्य वडा ईन्चार्ज शेषमणि नेपाल , अन्जु शर्मा दाहाल लगायतले शुभकामना मन्तव्य राख्नुभयाे ।
पार्टी वडा कमिटी सचिव शाेभा पण्डितले सञ्चालन गर्नुभएको साे कार्यक्रममा वडाका विभिन्न टाेलबाट एकसय जना भन्दा बढि स्थानीय एमाले पार्टी प्रवेश गरेका थिए ।

शेयर गरौ

ताजा अपडेट