जुधेर गैंडा मर्न थालेपछि स्थानान्तरणको लागि अध्ययन सुरु

चितवन, ५ चैत । चितवन राष्ट्रिय निकुञ्जका गैंडा जुधेर मर्न थालेपछि स्थानान्तरणको लागि अध्ययन सुरु भएको छ ।
वन्यजन्तु विभागका उपमहानिर्देशक वेदकुमार ढकालको नेतृत्वमा रहेको टोलीले चितवनको गैंडा कोसी, वर्दिया र शुक्लाफाटा निकुञ्जमा स्थानान्तरणका लागि अध्ययन सुरु गरेको हो । चितवन निकुञ्जमा सात महिनामा एक आपसमा जुधेर मात्रै ७ वटा मरेपछि टोली नै गठन गरेर स्थानान्तरणको लागि अध्ययन सुरु भएको छ । चितवन निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यका अनुसार निकुञ्जमा गैंडा धेरै रहेका छन् उनीहरुलाई अन्य स्थानान्तरण गर्न सकिएमा सख्या वृद्धि गर्न मद्दत हुने भएकाले अध्ययन थालिएको जानकारी दिनुभयो ।
निकुञ्जमा अहिले पश्चिम क्षेत्रमा मात्रै गैंडा वास वस्ने गरेका छन् । पूर्वी क्षेत्रमा लैजान, चितवन बाहेकका अन्य कोसी टप्पु आरक्षण, वर्दिया निकुञ्ज र शुक्लाफाटा आरक्षणमा लैजानको लागि अध्ययन सुरु भएको हो उहाले जानकारी दिनुभयो । कोसीमा अहिले गैंडा छैन । यहाँ गैंडा मासिएको छ । यस स्थानमा पनि गैंडालाई स्थानान्तरण गरेर वंश विस्तार गर्न सकिन्छ भनी अध्ययन भएको छ प्रमुख संरक्षण अधिकृत आचार्यले भन्नुभयो ।
यहाँको अर्ना चितवन निकुञ्जमा र चितवनको गैंडा कोसीमा लैजानको लागि प्राविधिक सहितको टोलीले अहिले अध्ययन गरीराखेको उहाले जानकारी दिनुभयो । चितवनमा ल्याएको अर्नाको सख्या थोरै भएको कारण यहाँ वृद्धि गर्न सकिएन आचार्यले भन्नु भयो ‘अब कम्तीमा पनि २५ वटा अर्ना ल्याउने गरी अध्ययन भएको छ । अव चितवनमा अर्ना ल्याउदा वथानमा ल्याउने र वंश विस्तारको लागि पालिने छ ।’ केही वर्ष अगाडि १५ वटा ल्याएको अर्ना विभिन्न कारणले मरेपछि अहिले ३ वटा मात्र रहेका छन् ।
अर्ना, गैंडा र कृष्णसार स्थानान्तरणको लागि छुट्टा छुट्टै टोलीले अध्ययन थालेको आचार्यले जानकारी दिनुभयो । चितवनको गैंडा अन्यत्र लैजाने र शुक्लाफाटाको कृष्णसार चितवन निकुञ्जको टिकौली चौरमा ल्याउने तयारी भएको उहले बताउनुभयो । कुनैपनि जनावर एकै स्थानमा मात्र वासस्थान हुदा सरक्षणमा चुनौती थपिने भएकाले वास्थाना अन्यत्र पनि लैजाने योजनाका साथ काम भएको आचार्यले जानकारी दिनुभयो ।
टोलीले अध्ययन गरीसकेपछि स्थानान्तरणको काम सुरु हुने आचार्यले बताउनुभयो । कोसीबाट चितवन ल्याएको अर्नाको वंश विस्तार नभएपछि चितवन निकुञ्ज प्रशासन चिन्तित वनेको छ । यहाँको गैंडा चोशी शिकारीको कारण भन्दा जुधेर, भासमा परेर, खाल्टोमा परेर प्राकृतिक कारणले मर्न थालेपछि स्थानान्तरणको तयारी थालिएको हो । चितवन निकुञ्जमा अहिले ६९४ गैंडा रहेको छ । नेपालमा गैंडाको सख्या ७५२ रहेको निकुञ्जका प्रमुख आचार्यले जानकारी दिनुभयो ।

 

शेयर गरौ

ताजा अपडेट