चितवन, ४ चैत्र । वागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले आफ्नो मन्त्रीमण्डल बगैचाको फूलवारी भएको बताउनु भएको छ ।
नेपाल चेपाङ संघको पाँचौ महाधिवेशन कार्यक्रमलाई चितवनको भरतपुरमा सम्वोधन गर्दै उहाले सवै जातजाती र समुदायको प्रतिनिधित्व मन्त्रीमण्डलमा भएको बताउनुभयो । उहाले भन्नुभयो ‘केही व्यक्तिहरुले मन्त्रीमण्डल ठुलो भयो काम गर्न सकेन भन्नेहरुलाई म भन्न चाहन्छु हाम्रो मन्त्रीमण्डलमा सबै क्षेत्रलाई समेटेर निर्माण गरिएको छ, यो सरकारले जनतको काम प्रभावकारी गरेको छ ।’ नेपालमा पहिलो पटक चेपाङ समुदायको व्यक्ति सन्तलाल चेपाङलाई भौतिक राज्यमन्त्री बनाएका छौ । यस अगाडिको मन्त्रीमण्डलले समेट्न नसकेको समुदायलाई हामीले अवसर दिएका छौ ।
अवरसर पाए पछाडि पारिएका समुदायले काम गर्न सक्दछन् भन्ने उदाहरण सन्तलाल हुनुहुन्छ उहाले भन्नुभयो । उहा मात्र नभइ द्वन्द्व पीडित व्यक्ति, दलित समुदायको व्यक्ति सवैलाई काम गर्ने अवसर दिएको वागमती प्रदेश सरकारले जनसरोकारका काम गरेको जानकारी दिनुभयो ।
चेपाङ, आदिवासी, द्वन्द्व पीडित, दलित, उत्पीडलमा रहेका समुदायले राज्यको सुविधा पाएका छैैनन् उनीहरुको लागि प्रदेश सरकारले काम गरेको छ । समुदायिक विद्यालयका अध्ययन गर्ने सवै छोरीहरुलाई प्रदेश सरकारले छात्रवृति दिएको छ । यो मात्र होइन चेपाङ समुदायको महत्वपूर्ण पर्व न्वागी, माझी समुदायको मुख्य पर्वलाई उनीहरुको सम्मान स्वरुप सार्वजनिक विदा दिएका छौ । यस्तै गरी पछाडि पारिएको वर्ग, दलित, आदिवासीहरुलाई छात्रवृति दिएका छौ ।
जग्गा जमिन नभएका सुकुम्वासीहरुको लागि एकीकृत आवासा कार्यक्रम ल्याएका छौ । त्यस कार्यक्रम मार्फत हामीले उनीहरुको आवश्यकतालाई सम्वोधन गरेका छौ मुख्यमन्त्री पाण्डेले भन्नुभयो । कार्यक्रममा उहाले चेपाङ समुदायलाई राज्यको मुलधारमा आउनको लागि राजनीतिक दल मार्फत निर्वाचनमा सहभागी हुन आव्हान गर्नु भयो । छ हजार ७४३ वटा वडाहरु मध्य ११ वटा वडामा मात्र चेपाङ अध्यक्ष भएको भन्दै ज्यादै कम सहभागीता भएकोमा दुःख व्यक्त गर्नु भयो । आउदो स्थानीय निर्वाचनमा चेपाङ समुदायको प्रतिनिधित्व धेरै गराउन आफूले जोड गर्ने बताउनु भयो । राज्यको मुल धारमा आउनको लागि राजनीतिक दल मार्फत निर्वाचनमा सहभागी भएर आउन आग्रह गर्नु भयो ।
कार्यक्रममा वागमती प्रदेश सरकारका भौतिक राज्यमन्त्री सन्तलाल चेपाङ, पूर्व कृषि मन्त्री दावादोर्जे लामा, आदिवासी समुदायका राजकुमार वोटेलगायतले राज्यको तर्फबाट आदिवासी पछाडि पारिएका वर्गलाई समेट्न नसकेको बताउनु भयो । अवसर पाएमा पछाडि पारिएका वर्गले उदाहरणीय काम गरेर देखाउने बताउनु भयो । दुइदिन सम्म चल्ने अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । चितवन, मकवानपुर, धादिङ, लमजुङ, गोरखा, तनहुलगयातका जिल्लाबाट ६ सय प्रतिनिधिहरु भेला भएका छन् ।
