चितवन, २ चैत ।
नेकपा एमालेका स्थानीय नेता कार्यकर्ता चुनाव लक्षित घरदैलोमा जुट्न शुरु गरेका छन् । “घरघरमा एमाले टाेलटाेलमा एमाले जनताको सुख दु:खमा एमाले” भन्ने नारा सहितको ब्यानर र सूर्य अंकित झण्डा फहराउदै स्थानीय नेता कार्यकर्ताले घरदैलो शुरु गरेका हुन् । यसैक्रममा भरतपुर महानगरपालिका वडा नम्वर-१२ मा चैत १ गते देखि १० गते सम्मलाई पहिलाे चरणको घरदैलो अभियान थालिएको वडाअध्यक्ष तिलप्रसाद न्याैपानेले जानकारी दिनुभयो । घरदैलोमा नेकपा एमाले जिल्ला कमिटी सदस्य एवम् वडा ईन्चार्ज शेषमणि नेपाल, जिल्ला कमिटी सदस्य हरि पन्त, अन्जु शर्मा दहाल , पार्टीका वडा अध्यक्ष न्याैपाने सहित पदाधिकारी र स्थानीय अगुवा कार्यकर्ता सहभागी छन् । वडाकाे आनन्द टाेल र नाैरङ्गेटाेलमा बुधबार घरदैलो सकिएको छ । बिहान ७ बजे देखि ९ बजे सम्म चल्ने घरदैलोमा वडावासीको उत्साहजनक सहभागीता रहेकाे वडा ईन्चार्ज नेपालले जानकारी दिनुभयो । वडामा २१ वटा टाेलमा सातहजार भन्दा वढि मतदाता रहेका छन् । घरदैलोका क्रममा भेटिएका स्थानीयले एमालेले अघि सारेकाे समृद्धिकाे याेजनालाई प्रशंसा गरेको वडा ईन्चार्ज नेपालले बताउनुभयो । अधिकांश जेष्ठ नागरिकहरुले एमालेले थालेकाे सामाजिक सुरक्षा भत्ता र युवा तन्नेरिहरुले पार्टीका अध्यक्ष केपी ओलीले देखेको समृद्ध नेपाल सुखि नेपालीकाे सपना प्रति शुभेच्छा ब्यक् गरेकाे नेपालले बताउनुभयो । यसै बिच वडाका सबै टाेल कमिटीकाे सहभागीतामा चैत ५ गते सामुहिक भेटघाट एवम् बनभाेज कार्यक्रम पनि राखिएको नेकपा एमाले भरतपुर १२ नम्वर वडाकमिटिले जनाएको छ ।


