सुदेश खनाल
चितवन समाचार डटकम,१ चैत । फाेर सिजन रेष्टुरेन्ट एण्ड पार्टी भेन्यु भरतपुर-९ शरदपुरकाे आयाेजनामा चैत ४ गते “हाेली उत्सव-२०७८” कार्यक्रम हुनेभएको छ । स्विमिङ पुल सहित एक विगाह जमिन क्षेत्रफलमा रहेको साे पार्टी भेन्यु परिसरमै राष्ट्रिय तथा स्थानीय कलाकारहरुकाे उपस्थितिमा सांस्कृतिक कार्यक्रम हुन लागेको हाे । कार्यक्रममा गायक शिव परियार,भुवन प्यासी, ट्रयाङ्गल ब्याण्ड, डिजे निक्ज,डिजे बिमर्श लगायतका कलाकारकाे प्रस्तुति रहने फाेर सिजन पार्टी भेन्युका अध्यक्ष नवीन पुरीले जानकारी दिनुभयो । सांस्कृतिक कार्यक्रममा प्रवेश शुल्क तीनसय रुपैयाँ तोकिएको छ । फागु पर्वलाई उल्लासपुर्वक सुमधुर गीत संगीतका साथमा मनाउन युवापुस्ताकाे कार्यक्रममा उल्लेख्य सहभागीता रहने अपेक्षा गरिएको अध्यक्ष पुरीले बताउनुभयो ।काेभिडका कारण लामाे समयदेखि समस्याग्रस्त भएको हाेटल तथा रेष्टुरेन्ट ब्यवसाय तङ्ग्रिनकालागि यस प्रकारका कार्यक्रमहरु सहयोगी हुने बिश्वास आयाेजककाे रहेको छ । बिक्रम सम्वत २०७५ सालमा पाँच कराेडकाे लगानीमा फाेर सिजन रेष्टुरेन्ट एण्ड पार्टी भेन्यु खाेलिएकाे हाे । एकपटकमा करिव १ हजार जनालाई सेवा दिन सकिने गरि संरचना तयार पारिएको अध्यक्ष पुरीले जानकारी दिनुभयो ।


