काठमाडौ । नेकपा (एमाले) धादिङ–काठमाडौं सम्पर्क मञ्चको अध्यक्षमा संजिव पाण्डे सर्वसम्मत रूपमा चयन भएका छन् ।
काठमाडौंमा सम्पन्न मञ्चको ११ औं सम्मेलनबाट अध्यक्षमा पाण्डेलाई चयन गरिएको हो ।
मञ्चको उपाध्यक्षमा अर्जुन तिमल्सिना र सीता कँडेल, सचिवमा कमल थापा मगर, उपसचिवमा होमनाथ जम्मरकट्टेल र संगिता कार्की, कोषाध्यक्षमा शिव सेंडाई चयन भएका छन् । 
गत फागुन २१ गते सम्पन्न ११ औं सम्मेलनको उद्घाटन र खुल्ला सत्र कार्यक्रममा नेकपा एमालेका उपाध्यक्ष एवम् पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेको प्रमुख आतिथ्यता रहेको थियो ।
एक हप्ता पछि सोमवार सम्पन्न सपथ ग्रहण कार्यक्रममा पूर्व मन्त्री एवम् एमालेका नेता लालबाबु पण्डितको प्रमुख आतिथ्यता रहेको थियो भने नेकपा एमाले धादिङका उपाध्यक्ष एवम् संविधान सभा सदस्य धनबहादुर घलेको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । 

कार्यक्रममा सम्पर्क समन्वय कमिटीका संयोजक श्याम कुमार बस्नेत, राम प्रसाद रिमाल, वागमती प्रदेश सम्पर्क कमिटीका अध्यक्ष अशोक कुमार ठकुरी, उत्तम पाठक लगायत नेताहरूको उपस्थिति रहेको थियो ।


