चितवन । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले वेरोजगारी समस्या समाधान गर्ने गरी एमालेले कार्यक्रम ल्याउने बताउनु भएको छ ।
पूर्वी चितवनको रत्ननगर टरौलीमा साँझ आयोजित एक कार्यक्रममा उहाले जनताको समस्या समाधान गर्न एमाले सक्षम भएको बताउनु भयो । उहाले भन्नुभयो वृद्धदृद्धालाई भत्ताको सुरुवात गर्ने एमाले भएजस्तै अव वेरोजगारी समस्या समाधान गर्ने पार्टी पनि एमाले बन्ने छ । उद्योग कलकारखाना स्थापना गर्ने, उद्योग खोल्ने वातावरण निर्माण गर्ने, स्वरोजगार हुने वातावरण बनाइदिने जस्ता कार्यक्रम ल्याएर वेरोजगारी समस्या समाधान गर्ने जानकारी दिनुभयो । अरुको जागिर होइन आफैले कामको सिर्जना गरेर अन्यलाई रोजगार दिने वातावरण एमालेले निर्माण गरिदिने बताउनु भयो ।
कार्यक्रममा उहाले नेकपा एमालेको नेतृत्वले मात्र विकास निर्माणको काम गर्न सक्ने दावी गर्नु भयो । आफूले निर्वाचन जित्नु भन्दा अगाडि र अहिलेको अवस्था जनता स्वयमले भन्न सक्ने भएको बताउनु भयो । निर्वाचन क्षेत्रमा रहेका पुराना बाटोहरु ९० प्रतिशत कालोपत्रे भएको दावी गर्नु भयो । सरकारको बजेटले गरेको एमालेको सांसदले गरेको होइन भनी विरोधी दलका नेताहरुको आलोचना गरेको भन्दै नेता पाण्डेले विकास निर्माणका योजना ल्याउनु र कार्यान्वयन गर्ने क्षमता अन्य पार्टीका नेता कार्यकर्तासंग कम भएको बताउनु भयो । अर्थ मन्त्रालयको जिम्मेवारी सम्हालिसकेको व्यक्तिलाई विकास निर्माणको योजनाका विषयमा ज्ञान भएकाले बजेट ल्याउन सफल भएको बताउनु भयो । उहाले निर्वाचन क्षेत्रमा मात्रै ३५ वटा पुल निर्माण भैसको जानकारी दिनु भयो ।
यस्तै गरी दिउसो राप्ती नगर कमिटीले आयोजना गरेको नगर सम्मेलनमा उहाले एमालेलाई कसरी कमजोर बनाउन सकिन्छ भनेर विपक्षीहरु लागेको बताउनु भयो । उहाले एमालेलाई जनाले विश्वास गरेकाले आउदो निर्वाचनमा पार्टीले वहुमत ल्याउने बताउनु भयो । उहाले नेकपा एमालेको कार्यक्रम र नीति देखेर जनताले विश्वास गरेको बताउनु भयो । कार्यक्रममा एमाले नेता दावा लामा, राप्ती नगर प्रमुख प्रभा वरालले मन्तव्य राख्नु भएको थियो ।
साँझ टरौलीमा भएको कार्यक्रममा स्थानीय दौपती चौधरीको अध्यक्षतामा भएको थियो । कार्यक्रममा नेकपा एमाले वागमती प्रदेश कमिटी सदस्य राजाराम रेग्मी, एमाले जिल्ला कमिटी सदस्य जोगेन्द्र महत्तो, एमाले वडा अध्यक्ष कृष्ण महतो, एमाले नेताहरु सुजन सापकोटा, केशब रेग्मी, सुवास सिलवाल, रामेश्वर मिश्र,छन्नु चौधरीलगायतले एमाले जुटेको देखेर विरोधी तर्सेको बताउनु भयो । कार्यक्रम युवा नेता सागर मिश्रले सञ्चालन गर्नु भएको थियो ।