सरकारमा रहने वा बाहिरीने पार्टीले छिटो निर्णय लिनु पर्छ : मन्त्री झाँक्री

चितवन ११ फागुन । सहरी विकास मन्त्री तथा नेकपा समाजावादी पार्टीका सचिव रामकुमारी झाँक्रीले सरकारमा रहने वा बाहिरीने भन्ने विषयमा पार्टीले छिटो निर्णय लिनु पर्ने बताउनु भएको छ ।
सरकारमा रहने र सरकारकै कामलाई असहयोग गर्ने प्रवृतिले आफूलाई काम गर्न असहज भएको बताउनु भएको छ । चितवनको भरतपुरमा पत्रकारसंग कुरा गर्दै दोहोरो भूमिकामा रहदा काममा वाधा भएको बताउनुभयो । एमसीसीको विषयले गर्दा अहिले पार्टीले ठोस निर्णय लिन नसक्दा जनतामा अन्यौल छाएको बताउनुभयो । काँग्रेस पास गर्ने पक्षमा रहेको छ । नेकपा समावजवादी र माओवादी यथा स्थितिमा पास नगर्ने पक्षमा रहेको छ यसले अन्यौल भएको उहाको भनाइ छ ।
उहाले सरकारमा हुदासम्म पदको गरिमालाई ध्यान दिएर जिम्मेवारी पूरा गर्ने बताउनु भयो । आफू अहिले दोहोरो भूमिकामा देखिनु पर्ने बाध्यता रहेको भन्दै यसलाई वुझिदिन कार्यकर्तालाई अनुरोध गर्नु भयो । एमसीसीको विषयमा पार्टीले लिने अन्तिम निर्णयनै आफुले मान्ने जानकारी दिनुभयो । उहाले भन्नुभयो ‘सरकारले गरेका काममा विरोध गर्नु पर्ने र सरकारमा पनि वस्नु पर्ने यो अवस्थाको छिटो अन्य हुनु पर्दछ ।’ आफ्नो पार्टी चाहेर सरकारमा नगएको भन्दै फरक अवस्था सिर्जना भएकाले परिस्थितिले सरकारमा गएको हो उहाले भन्नुभयो सरकारमा रहेका मन्त्रीले प्रधानमन्त्रीको निर्देशनमा मान्नु पर्दछ त्यही भूमिका मैले निर्वाह गरेको छु ।
देशैभरीका नेता कार्यकर्ताले एमसीसीको विपक्षमा लाग्ने भन्ने निर्णय गरेर पार्टीलाई दवाव दिएमा सरकारमा टासिन मन छैन उहाले भन्नुभयो । सरकारमा रहने वा नरहने भन्ने विषयमा पार्टीले छिटो निर्णय लिएर जनतामाझ जानु पर्ने बताउनुभयो । अहिले दोहोरो भूमिका देखिएको छ यसले जनतामा भ्रम सिर्जना हुन्छ यसको छिटो अन्त्य आफूले चाहेको जानकारी दिनुभयो ।
एमसीसीको विषयमा विरोधमा आउन कार्यकर्ताले दवाव दिएको भन्दै मन्त्री पदमा रहेर विरोधमा निस्कन मलाइ मिल्दैन उहाले भन्नुभयो सरकारले लिएको कामको जिम्मेवारी पूरा गर्नु मेरो दातिव्य हो ।
एमसीसीका विषयमा प्रतिपक्ष दल एमालेको दोहोरो भूमिका रहेको भन्दै आलोचना गर्नु भयो । माओवादी र समाजवादी पार्टी सरकारबाट हटे, गठवन्धन टुटाएमा एमसीसीको पक्षमा मत राख्ने गठवन्धन नटुटेमा मौन वस्ने यस्तो पनि राष्ट्रवाद हुन्छ उहाले भन्नुभयो ।

शेयर गरौ

ताजा अपडेट