वन्यजन्तुको चरन क्षेत्र दुइ महिना कब्जा गरेर महोत्सव गरिदै

चितवन १० फागुन । निकुञ्जका वन्यजन्तु चरन गर्ने क्षेत्रमा दुइमहिना कब्जा गरेर रत्ननगर महोत्सव आयोजना गरिन थालेको छ ।
वन्यजन्तुको वासस्थान रहेको टिकौली चौरमा रत्ननगर उद्योग वाणिज्य संघले महोत्सव आयोजना गर्ने भन्दै पुस महिनाको पहिलो साताबाट चौर कब्जा गरेको थियो । कोरोनाले सञ्चालनमा रोक लगाएपछि अहिलेसम्म त्यस स्थानमा टहरा नहटाइ चौर कब्जा गरिएको छ । पुसदेखि कब्जा गरेको चौरमा फागुन १५देखि महोत्सव आयोजना गर्ने भन्दै प्रचार गर्दै आएको छ ।
चितवन निकुञ्ज , वन डिभिजन कार्यालय भरतपुर, संरक्षणकर्मीको सुझाबलाई अटेर गरी महोत्सब आयोजना गरिदैछ । टिकौली चौर एकसिगे गैंँडाको चरण गर्ने स्थान हो । यहाँ चित्तल, हरिण, वदेल लगायत अन्य जनावरहरु आउने घाम ताप्ने र वस्ने गरेको चितवन निकुञ्जले जनाएको छ । निश्चित समयको लागि महोत्सव आयोजना गर्ने भनेर अनुमती दिएपनि लामो समयको लागि भने ओगट्न नदिएको प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले जानकारी दिनुभयो । महोत्सव आयोजना गर्न अनुमती माग्न आउनु भएको छ मैले अनुमती दिएको छैन उहाले भन्नुभयो । महोत्सव आयोजनाको अघिल्लो दिन बन्द गर्नु पर्ने भएकाले लगानी डुबेको आयोजकहरुको भनाइ छ ।
टिकौली चौरमा महोत्सव आयोजना गर्दा वन्यजन्तुलाई असर गर्ने भन्दै यस्ता गतिविधि गर्न नहुने निकुञ्ज प्रमुख हरिभद्र आचार्यले बताउनुभयो । निकुञ्जका वन्यजन्तुको कोरीडोर रहेकै स्थानमा ठुलो साउण्ड स्पीकर राखेर महोत्सव आयोजना गर्नु कुनैपनि पक्षबाट राम्रो होइन उहाले भन्नुभयो । लामोसमय सम्म स्थान ओगटेर राख्ने र फेरी महोत्सव आयोजना हुनु ज्यादै दुखद पक्ष भएको संरक्षणकर्मीको भनाइ छ ।
प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले भन्नुभयो वन्य जन्तुको संरक्षणको दृष्टिबाट यहाँ कुनैपनि हालतमा महोत्सव आयोजना हुनु राम्रो होइन । निकुञ्जका प्रमुख आचार्यले महोत्सव हुने स्थान विश्वमानै दुर्लभ रहेको एकसिंगैं गैडाको वास स्थान हो । त्यहाँ नजिकै रहेको खगेरी खोला गैंडाको आहाल खेल्ने स्थान छ । पानी खान, चौरमा घास खान र घाम ताप्न आउने स्थान भएकाले त्यही महोत्सव आयोजना गर्दा बन्य जन्तुलाई ज्यादै असर पर्दछ ।
संरक्षण क्षेत्रमा ठुला आवाज राखेर बजाइने माइक, सास्कृतिक कार्यक्रम, सवारी साधनको भिडलगायतले वन्यजन्तुको वास स्थान नै परिवर्तन हुन सक्ने आचार्यले बताउनु भयो । संरक्षण क्षेत्र नजिक कुनैपनि मानिसको भिड र अन्य कोलाहल हुने गतिविधि गर्न संरक्षणको दृष्टिले निषेध गरिएको उहाले बताउनु भयो ।

शेयर गरौ

ताजा अपडेट