चितवन निकुञ्जमा भाले गैंडा धेरै भएपछि जुधेर मर्न थाले

चितवन, १० फागुन । चितवन राष्ट्रिय निकुञ्जमा गैंडा धेरै भएपछि एक आपसमा जुधेरमर्ने क्रम वृद्धि भएको छ ।
चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले गैंडाको सख्या वृद्धि भएपछि जुध्ने घटना वढेकाले त्यसको कारण मृत्यु वृद्धि भएको बताउनुभयो । निकुञ्जले राखेको विवरणमा साउन यता सात महिनामा एक आपसमा जुधेर मात्रै ७ वटा मरेका छन् ।
एक आपसमा जध्नु पर्ने अवस्था आउनुको मुख्य कारण सख्या धेरै भएको हो प्रमुख संरक्षण अधिकृत आचार्यले भन्नुभयो ‘एकै क्षेत्रमा बास बस्ने, प्रजनन् र अन्य कारणले भेट हुने हुदा जुध्ने क्रम वढेको छ त्यसैमा मर्दछन् । ’ कमजोर भएकालाई बलियोले आक्रमण गर्दा मर्दछ । यो घटना हामीले राक्न सक्दैनो उहाले भन्नुभयो । निकुञ्जको पूर्वी क्षेत्रमा वाढी र अन्य कारणले घासे मैदान मासिएको छ । पश्चिम क्षेत्रमा घासे मैदान भएको र त्यतै गैंंडाको वास भएकाले यो घटना भएको छ हामीले अव घाँसे मैदानलाई निकुञ्जको सवै क्षेत्रमा विस्तार गदैछौ त्यसपछि घटनामा कमी आउने अनुमान गरेका छौ प्रमुख आचार्यले जानकारी दिनुभयो ।
निकुञ्जका अनु्सार प्राकृतिक र चोरी शिकारीको सात महिनामा २७ गैंडा मरेका छन् । अन्य कारणले २५ र चोरी शिकारीले दुइ वटा गैंडा मरेका हुन् । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले भन्नुभयो चोरी शिकारीलाई नियन्त्रण गरेपनि अन्य कारणले गैंडा मर्ने क्रमलाई रोक्न कठिन भएको छ । निकुञ्जको विवरणमा २०७४ सालमा विभिन्न कारणले ४३ वटा गैंडा मरेका थिए ।
निकुञ्जको विवरण अनुसार ७ वटा गैंडा दलदलमा भासिएर मरेका छन् । वाढीले बगाएर, मानव निर्मित स्थानमा फसेर, वाघले आक्रमण गरेर, प्रकृतिक रुपमा वृद्ध भएर मरेका छन् । प्राकृतिक रुपमा मर्ने बाहेक जुधेर, बाघले आक्रमण गरेर मर्नेमा गैंडाको सख्या धेरै भएको निकुञ्जले जनाएको छ ।
चितवन निकुञ्जमा अहिले ६९४ गैंडा रहेको छ । यस अगाडि भएको तथ्याँकमा ६०५ वटा थिए । नेपालमा गैंडाको सख्या ७५२ रहेको निकुञ्जका प्रमुख आचार्यले जानकारी दिनुभयो । अहिलेको सख्या गत वर्षको विवरण भन्दा एकसय धेरै छ उहाले भन्नुभयो गैंडा धेरै भएपछि मृत्युको सख्यापनि वृद्धि हुन्छ । एक वर्ष अगाडि भएको गणनामा त्यस बीचमा धेरैले बच्चा जन्माएका छन् ती पनि थपिएको उहाँको भनाइ छ ।
निकुञ्जका संरक्षण अधिकृत अचार्यका अनुसार भाले गैंडाको सख्या वृद्धि भएको कारण पनि एक आपसमा जुध्ने घटना बृद्धि भएको छ । जुधेर मर्नेमा तीन वटा भाले तीन वटा पोथी रहेको छ भने एउटा पोथी भालेले आक्रमणमा मरेको छ । भालेको सख्या कम भएरको स्थानमा जुध्ने घटना न्युन हुने निकुञ्जको भनाइ छ । गत साउन ११ र असोज ११ गते चोरी शिकारीको कारण मरेको छ ।

शेयर गरौ

ताजा अपडेट