अवैध कल बाइपास गरेको आरोपमा चिनिया नागरिक पक्राउ

काठमाडौं १० फागुन । काठमाडौंको पुरानो बानेश्वरबाट प्रहरीले ३६ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौँको टोलीले गए राति उनीहरूलाई पक्राउ गरेको हो ।

चिनियाँ नागरिक पक्राउ परेको पुष्टि गर्दै महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी सुदीप गिरीले रातोपाटीसँग भने(‘उनीहरूबारे अनुसन्धान गर्दै छौँ ।’ चिनियाँ नागरिक अवैध कल बाइपासमा संलग्न भएको आरोप छ । चिनियाँ नागरिकहरूलाई महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरको हिरासतमा राखिएको छ ।

शेयर गरौ

ताजा अपडेट