बैतडीमा रातिदेखि हिमपात यातायात अबरुद्ध

बैतडी २१ माघ ।  बैतडीसहित सुदूरपश्चिममा उच्च पहाडी क्षेत्रमा हिमपात भएको छ । बिहीबार साँझबाट जिल्लाका खोड्पे , सद्बबाज,मुस्याचौर , ढोल्यामोड,अनारखोलीलगायतका स्थानमा हिमपात भएको हो । सदरमुकाम खलंगाको गढी,शाहीलेकमा पनि केहीबेर हिमपात भएको थियो ।

हिमपातले बिहीबार रातिबाटै यातायात अवरुद्ध भएका छन् । जिल्ला भित्रिने र जिल्लाबाट बाहिरिने सवारीसाधनहरू खोड्पे , सद्बबाज, अनारखोलीलगायतका स्थानमा रोकिएका छन् । यस्तै हिमपातले डडेल्धुराबाट अगाडि आउने सवारीसाधनहरू पनि बीच बाटोमै राकिएका छन् भने बझाङ जाने सडकमा पनि हिपपातले सवारीसाधन ठप्प छन् ।

बिहीबार रातिदेखि नै यात्रुहरू सडकमा रोकिएकाले जनजीवन कष्टकर बनेको दोगडाकेदार गाउँपालिकाका भोजराज जोशीले बताए । लगातार हिउँ परिरहेका कारण सडकमा एक्स्काभेटर लगाउन नसकिएको प्रहरीले बताएको छ । अहिलेपनि हिमपात भैराखेको जानकारी दिएको छ ।

शेयर गरौ

ताजा अपडेट