चितवन ।
युनिभर्सल थट कन्सल्ट (युटिसी) को नयाँ शाखा चितवनको भरतपुरमा स्थापना भएको छ ।
शैक्षिक परामर्श केन्द्रका रुपमा अस्ट्रेलियाको सिड्नीमा मुख्य कार्यालय रहेको युटिसीकाे भरतपुरमा प्रमुख कार्यकारी अधिकृत तथा ईन्टरनेश्नल एजुकेसन एसाेसियसनका सचिव शिव बन्जाराले उद्घाटन गर्नुभयो ।
विगत लामो समय खि टेस्ट प्रिपेरेशन सेन्टरको रुपमा सेवा पु¥याउँदै आएको युटिसीले नेपालमा व्यवसाय विस्तार गर्ने क्रममा भरतपुरमा आफ्नो तेस्रो शाखा शुभारम्भ गरेको हो ।
काठमाडौं पुतलीसडक शंखरदेव क्याम्पस अगाडि आफ्नो सेवा प्रदान गर्दै आएको युटिसीको दोस्रो शाखा बुटवलमा छ । बन्जाराका अनुसार बुधबार देखि तेस्रो शाखा रुपमा चितवनमा युटिसी खुलेको छ।

भारतको पुणे, पाकिस्तानको इस्लामावाद, क्यानाडा, कतार, मलेसिया, फिलिपिन्स र बंगलादेशमा पनि शाखा विस्तारको क्रममा रहेको उहाले जानकारी दिनुभयाे ।