फागुन ७ गते । खैरहनी नगरपालिकाले नगर भित्र रहेका महिलाहरुलाई महिला
कानुनी अधिकारका विषयमा तालिम प्रदान गरेको छ । नयाँ मुलुकी संहिता पछि
जारी भएको कानुनका विषयमा जानकारी गराउने उदेश्यले नगरपालिकाले तीन दिन
सम्म यहाँका महिलाहरुलाई तालिम दिएको हो । नगर भित्रका ३० जना महिलाहरु
सहभागीता तालिम मंगलवार सकिएको छ । तालिममा अधिवक्ता राजकुमार
श्रेष्ठ,नगरपालिकाका प्रशासकीय अधिकृत पौडेलले समाजमा विद्यमान सामाजिक मुल्य
मान्यताको कारणले महिला माथी यसले पार्ने असर,महिला तथा वालवालिकामाथी
हुने हिंसा र संविधानमा उल्लेख अधिकारको व्यवस्था,लैंगिक हिंसा नियन्त्रणमा
स्थानीय सरकार संचालन ऐनले गरेका कानुनी व्यवस्था, सम्पतीमाथी महिलाको
अधिकार,मानव वेचवेखिन तथा ओसारपोसारबाट पीडितले क्षतीपूर्ती पाउन सक्ने
कानुनी व्यवस्था,स्थानीय तहको न्यायिक समितिले लैंगिक हिंसा सम्वन्धी निवारण
गर्न सक्ने व्यवस्थाका विषयमा प्रशिक्षण दिएको नगरपालिकाको महिला तथा
वालवालिका शाखा प्रमुख सविता खनालले जानकारी दिईन् ।
यसैबिच
चितवनको खैरहनी नगरपालिकाले नगरको प्रोफाईल वनाउन सुरु
गरेको छ । त्यसका लागि वडा वडामा खटाउने सर्वेक्षकहरुलाई मंगलवार प्रशिक्षण
दिईएको छ । आवश्यक पर्ने विषय वस्तुहरु तथा तथ्यांकहरु सर्वेक्षकहरुले
मोवाईलबाट संकलन गर्नेछन् । तथ्यांक कसरी संकलन गर्ने भन्ने विषयमा
उनीहरुलाई प्रशिक्षण दिईएको हो । नगर प्रोफाईल वनाउन नगरपालिकाले
ललितपुर स्थित निरा कन्सल्टेन्सी गु्रप्स प्रालि लाई जिम्मा दिएको छ । सम्झौता
अनुसार सो प्रालिले २ महिना भित्र प्रोफाईल तयार गर्नु पर्ने नगरपालिकाका
प्रमुख प्रशासकीय अधिकृत पुरुषोतम शर्माले जानकारी दिए । तथ्यांक संकलनका
लागि बुधवारदेखी सर्वेक्षकहरु वडा वडामा पुग्नेछन् । नगर भित्र
कृषि,पशुपालन,उद्योग,व्यवसाय,जनसंख्या,घरधुरी,गरिवीको लगायतको अवस्था पत्ता
लगाई विद्युतिय सुचना प्रणाली मार्फत तथ्यांक संकलन गर्ने उदेश्यले नगर
प्रोफाईल तयार पार्न लागिएको प्रमुख प्रशासकीय अधिकृत शर्माले वताए ।
यसबाट नगरपालिकाले सुधार गर्नु पर्ने पक्षलाई समेत टेवा पुग्ने नगरपालिकाको
विश्वास छ ।