चितवनमा शिक्षक अस्पतालमा निर्माण हुने

चितवन, २० माघ । चितवनको भगवानपुरमा केन्द्रीय शिक्षक अस्पताल बन्ने भएको छ ।
शिक्षक अस्पताल निर्माणको लागि गठित अध्ययन टोलीले गरेको सिफारिसमा सरकारले चितवनमा अस्पताल बनाउन निर्णय गरेको हो । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले चितवनमा केन्द्रीय शिक्षक अस्पताल बनाउने शिक्षा मन्त्रालयको प्रस्ताव स्वीकृत गरेको हो ।
भरतपुर महानगरपालिका १५ को भगवानपुरमा ३ सय शैयाको शिक्षक अस्पताल बन्ने छ । अस्पताल निर्माणका लागि सो ठाउँमा भरतपुर महानगरपालिकाले करिब ९ विगाह जग्गा उपलब्ध गराएको छ । अस्पताललाई आवश्यक पर्ने जग्गा उपलब्ध गराउन महानगर तयार भएको भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले जानकारी दिनुभयो । अस्पताल निर्माणको लागि चालु आर्थिक वर्षबाटै सुरु गर्ने गरी पहल भइराखेको उहाले बताउनुभयो ।
‘यो भरतपुरवासीका लागि गौरवको विषय हो, यसले मेडिकल सिटी बन्नका लागि थप मद्यत गर्दछ ’ उहाले भन्नुभयो । अस्पताल निर्माणको लागि स्थलगत अध्ययन टोलीका संयोजक डाक्टर विमल शर्मा चालिसेका अनुसार चितवन, मकवानपुर भक्तपुर र काठमाण्डौमा सम्भावित क्षेत्र अध्ययन गरेका थियौ । सवै स्थानमा सम्वन्धीत सरोकारवालासंग पनि छलफल भएको थियो उहाले भन्नुभयो । सवैको मत चितवनमा भएकाले हामीले त्यही अनुसार सिफारिस गरेका थियौ । शिक्षकका विभिन्न संग संगठनका व्यक्तिसंगको परामर्शमा पनि चितवन सवै हिसाबले केन्द्र भाग भएकाले यही निर्माृण गर्नु पर्छ भन्ने आयो उहाले भन्नुभयो । तत्कालको लागि ३ सय शैयाको अस्पताल निर्माण गर्ने र पछि त्यसलाई विस्तार गर्दै लैजाने योजना अनुसार टोलीले रिपोर्ट वुझाएको छ ।
अहिले कम्तीमा ९ विगाह क्षेत्रफल आवश्यक पर्ने हुन्छ । त्यो चितवनमा सहज सम्भव भयो ।
भरतपुर महानगरपालिका शिक्षा महाशाखा प्रमुख महेन्द्र पौडेलले अस्पतालले मागे अनुसारको जग्गा उपलब्ध गराउन त्यस स्थानमा सहज भएको बताउनुभयो । अहिले ९ विगाह क्षेत्रफल दिने तयारी छ आवश्यक परेको खण्डमा त्यही स्थानमा नै अन्य जग्गा उपलब्ध गराउन सकिने उहाले जानकारी दिनुभयो । त्यस स्थानमा २५ विगाह सरकारी जग्गा भएकाले थप जमिनको अभाव नहुने पौडेलले बताउनुभयो ।
शिक्षक अस्पताल बन्ने निर्णयले सबै शिक्षकलाई खुसी लागेको शिक्षक संगठन वागमती प्रदेशका सचिवालय सदस्य पूर्ण पुरीले बताउनुभयो । लामो समयदेखि शिक्षकले उठाएको माग अहिले आएर सुनुवाइ भएको छ उहाले भन्नुभयो अस्पतालको मोडल कस्तो हुने छ त्यसका आधारमा शिक्षकहरुले आफूले धारणा राख्नेछन् । हाम्रो भनाइ निजामती कर्मचारी, शैनिकका लागि निर्माण भएको अस्पताल जस्तै मोडलमा सञ्चालन हुनु पर्दछ भन्ने हो उहाले भन्नुभयो । शिक्षक अस्पताल निर्माण हुने स्थान सदरमुकाम भरतपुरबाट करिब १५ किलोमिटर पश्चिममा पर्दछ । अस्पताल निर्माण हुने भएपछि जिल्लावासी खुसी भएका छन् ।

 

शेयर गरौ

ताजा अपडेट