मृत्यु भएका व्यक्तिलाई भेन्टिलेटरमा

चितवन, १७ माघ । सरकारसंग कोरोना सक्रमितको निःशुल्क उपचार गर्ने सम्झौता गरेको चितवन मेडिकल कलेजले पैसा लिएको भन्दै सातदिनमा नौ जनाले उजुरी हालेका छन् ।
जिल्ला प्रशासन कार्यालय चितवनले निशुल्क उपचार भए नभएको भनी कोही भए उजुरी हाल्न सूचना प्रकाशन गरेको आइतबार अन्तिम दिनसम्म नौ जनाको उजुरी परेको हो । नौसय ६६ जनाको उपचार गरेको र उनीहरुबाट १० करोड ९५ लाख ८ हजार रुपियाँ माग दावी गर्दै चितवन मेडिकल कलेजले सरकारसंग पैसा मागेको छ ।
सरकारले निः शुल्क उपचार गर्न भनेपनि अस्पतालले भने विरामीसंग पैसा असुलेको पीडितले बताएका छन् । उजुरी हाल्ने मध्य गोरखाका विष्णु श्रेष्ठले भन्नुभयो पैसा नदिइ अस्पतालले कसैलाई उपचार गरेको छैन र कोभिड भएका सबैले चर्को रकम तिर्न वाध्य भएका थिए उहाले भन्नुभयो । श्रेष्ठले दाजु रामलाल श्रेष्ठलाई गत जेठ २ गते उपचारको लागि अस्पतालमा ल्याउनु भएको थियो । कोभिड देखिएपछि हरेक दिन रगत परीक्षण गर्न लगाउने र हरेक पटकको परीक्षणमा चार हाजरदेखि ६ हजार रुपियाँ सम्म लिने गरेको थियो । पैसा नवुझाइ कुनैपनि विरामीका आफन्तले उपचार नगरेको उहाँले भन्नुभयो ।
मृत्यु भइसकेको थाहा पाएर पनि भेन्टिलेरमा राख्ने र दुइ दिनपछि मृत्यु भयो भनेर जानकारी दिने गरेको थिए श्रेष्ठले भन्नुभयो । उहाले भन्नुभयो ‘मेरो दाजुको अवस्था गम्भिर छ भन्दै पाँच दिन भेन्टिलेटरमा राखेर अन्तिममा मृत्यु भयो भनेर जानकारी दिइयो ।’ हामीले आस मारिसकेका थियो अवस्थाबाट जानकारी दिन दवाव दिदा समेत चुप लागेर वसे । पछि दाजुको जेठ २० गते मृत्यु भएको भन्दै जानकारी दियो । मृत्युको प्रमाणपत्र लिदा समेत हृदयघातबाट मृत्यु भएको भन्दै झुटो कागज बनाएर हैरानी दिएको दुखेसो गर्नु भयो ।
विरामीको मृत्यु भैसक्दा समेत उपचार हुदैछ भन्दै भेन्टिलेटरमा राख्ने गरेको उहाले बताउनुभयो । कोभिड भएर भेन्टिलेटरमा उपचार गर्न गएकाहरु थोरै मात्र निको भएको आफूले देखेको बताउनुभयो । मैले ३ लाख रुपियाँ तिरेको दावी सहितको उजुरी गरेको छु अन्य विलपनि सुरक्षित छ उहाले भन्नुभयो प्रशासन कार्यालयबाट न्याय पाइएन भने अख्तियारमा पनि उजुरी हल्ने छु हामीले न्याया पाएनौ ।
भरतपुर महानगरपालिकाका हरिशचन्द्र बानियाले वैशाखमा आमालाई कोभिडको उपचार गराउन अस्पताल लैजानु भएको थियो । उहाले १० दिनमा ३ लाख रुपियाँ तिरेर आमालाई घरमा ल्याउनु भयो । अहिले उहाँको त्यो रकम अस्पतालले निःशुल्क उपचार गराएको भन्दै सरकारसंग मागदावी गरेको छ । सञ्चार माध्यममा समाचार आएपछि आफूले प्रशासनका उजुरी हालेको जानकारी दिनुभयो ।
उहा मात्र होइन सिरहाका मनोज सिंह, भरतपुरका हिमालक्ष्मी भट्ट, कृष्ण भण्डारी, तेज प्रजापती, सरोेज सिलवाल, चितवन खैरहनीका भिमवहादुर क्षत्री, जितपुर सिमरा बाराका केशवप्रसाद न्यौपाने, गोरखाका विष्णु श्रेष्ठ, भरतपुरका हरिशचन्द्र वानियाले उजुरी हाल्नु भएको छ । उजुरी आउनेक्रम जारी रहेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खेमराज पौडेलले जानकारी दिनुभयो । कोरी रित पुगेर उजुरी परेका छन् कोही रित नपुगेका छन् उहाले भन्नुभयो सवैको उजुरी हामीले लिएका छौ ।
उजुरी पर्नेहरुसहितको चितवन मेडिकल कजेलका सञ्चालकलाई राखेर छलफल गर्ने प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले जानकारी दिनुभयो । यहाँ उजुरी आएकालाई मात्र होइन सूचनामा प्रकाशित नौसय ६६ जनाको विषयमा हामीले कुरा गर्नेछौ तामाङले भन्नुभयो ‘ छलफलबाट निकास निस्केमा यही समाधान हुन्छ निस्केन भने मन्त्रालयमा अनुसन्धानको रिपोर्ट सहितको विवरण जानेछ ।’ सूचना थाहा नपाएर उजुरी हाल्न नआएका र दुइ वर्षपछि थाहा पाएर उजुरी हाल्न आए र रकमको माग भएमा समेत अस्पतालले दिनु पर्दछ यही विवरण उल्लेख गर्नेछु । प्रमुख जिल्ला अधिकारी तामाङले भन्नुभयो राष्ट्रिय अनुसन्धानले पनि आफ्नो तरिकाले अध्ययन गरेको छ अस्पतालबाट कमजोरी भएको छ विरामीबाट पैसा लिने र फेरी सरकारसंग माग्ने काम ठिक छैन यसमा कुनै सम्झौता हुदैन पीडितले न्याय पाउनु पर्दछ ।
प्रजिअ तामाङका अनुसार निःशुल्क उपचार गर्ने सम्झौता पुरानो मेडिकल कलेजलेपनि पैसा लिएको भन्ने चर्चा आएपनि कार्यालयमा भने उजुरी नपरेको बताउनुभयो ।
संक्रमितहरुको उपचार व्यवस्थापन सम्बन्धमा सम्झौता भएका अस्पतालहरुले ०७८ वैशाखदेखि असार १५ सम्म उपचार गरिएका बिरामीहरुको सम्झौताबमोजिम निःशुल्क उपचार गर्ने गरी सम्झौता भएको थियो । सरकारले कोरोना संक्रमितको उपचार गर्दा आइसोलेसनमा बसेको दैनिक २ हजार, एचडियूमा बसेको ३५ सय र आइसियू तथा भेन्टिलेटरमा बसेका बिरामीको उपचारमा दैनिक १५ हजार मात्रै लिन पाउने व्यवस्था गरेको थियो ।

 

शेयर गरौ

ताजा अपडेट