चितवन । लिटिल फ्लावर स्कूल नारायणगढले ब्रिटीस काउन्सिलबाट अन्तराष्ट्रिय स्कूल अवार्ड (आइएसए) हासिल गर्न सफल भएको छ । ब्रिटिश काउन्सिल नेपालले उक्त अवार्ड मगलबार प्रदान गरेको स्कूलका प्राचार्य फादर रोबीले जानकारी दिए ।
प्राचार्य रोबीका अनुसार शैक्षिक वातावरण, पाठ्यक्रममा अन्तर्राष्ट्रिय आयाम र परियोजना कार्यमा विभिन्न देशका बिधालय संग गरिएको समन्वय र आदानप्रदानकाे आधारमा शैक्षिक,भौतिक तथा कक्षा व्यवस्थापन लगायतमा उत्कृष्ट भएकै कारण अवार्ड प्राप्त भएको बताए । शिक्षक, विद्यार्थी, अभिभावकको सहयोगले अवार्ड प्राप्त गर्न सफल भएको र आगामी दिनमा शैक्षिक गुणस्तर अझ बढाउँदै लैजाने प्राचार्य रोबीले बताए ।

काउन्सिलले देशभरका २० जिल्लाका १०७ वटा विद्यालयलाई यो अवार्ड प्रदान गरेको छ । वर्ष २०१९–०२० र २०२०–०२१ को संयुक्त अवार्ड सेरमनी गरेर प्रदान गरेको हो ।जिल्लाको नीजि शैक्षिक संस्थाहरु मध्ये लिटिल फ्लावर स्कूलले उत्कृष्ट स्थान हासिल गर्दै आएको छ । जहांँ करीब २२०० भन्दा बढी विद्यार्थीले अध्ययन गर्दै आएका छन । स्कूलले दश जोड दुईका कक्षाहरु पनि शुरु गरिसकेको छ ।