चितवन, ८ माघ । चितवनमा पछिल्लो २४ घण्टामा ४०८ नयाँ संक्रमित थपिएका छन् ।
स्वास्थ्य कार्यालय चितवनकाअनुसार ९४० जनामा पिसिआर तथा एन्टिजेन परीक्षण गर्दा ४०८ जनामा संक्रमण देखिएको हो । पछिल्लो २४ घण्टामा २९ संक्रमित संक्रमणमुक्त भएका छन् भने संक्रमितको मृत्यु भने हुन पाएको छैन ।
यससंगै शनिबार जिल्लामा सक्रिय संक्रमित २७ सय ३६ पुगेका छन् । जसमध्ये २६ सय ८९ संक्रमित होम आइसोलेसनमा छन् भने ४७ संक्रमित अस्पताल आइसोलेसनमा छन् ।
चितवनमा तेस्रो लहरको कोरोना महामारीसम्म आइपुग्दा ३० हजार ३७ जनामा संक्रमण पुष्टि भएको छ । २६ हजार ८६४ संक्रमित निको भइसकेका छन् भने ४३७ संक्रमितको मृत्यु भएको छ ।


