शक्तिखोर औद्योगिक क्षेत्र निर्माणमा प्रदेश सरकारले सहयोग गर्छ : मुख्यमन्त्री पाण्डे

चितवन, ८ माघ । वागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले शक्तिखोर औद्योगिक क्षेत्र निर्माणका लागि प्रदेश सरकारले सहयोग गर्ने बताउनु भएको छ ।
चितवनको शक्तिखोरमा निर्माणको लागि तयारी अवस्थामा रहेको शक्तिखोर औद्योगिक क्षेत्रको अवलोकनपछि मुख्यमन्त्री पाण्डेले गौरवको आयोजना भएकाले सरकारले सहयोग गर्ने बताउनुभयो । तात्कालिन नेकपा माओवादीको सेनालाई राखिएको तेस्रो डिभिजन रहेको स्थानमा औद्योगिक क्षेत्र निर्माणको लागि केन्द्र सरकारले तयारी थालेको थियो । औद्योगिक वातावारण मुल्याङन भएरपनि विभिन्न कारणले निर्माणको कार्य अगाडि बढ्न सकेको छैन ।
देशकै ठुलो औद्योगिक क्षेत्र निर्माण गर्ने भनेपनि तीन पटक वातावरण मुल्याङकन गरिसकेको छ । चितवन उद्योग संघको निमन्त्रणामा अवलोकन गर्नु भएका मुख्यमन्त्री पाण्डेले उद्योग कलकारखाना खोल्न उपयुक्त स्थान भएकाले यय क्षेत्रलाई विकास गर्न आफ्नो सरकार तयार रहेको बताउनुभयो । के कारणले ढिलाइ भएको छ त्यसलाई अध्ययन गरेर निर्माणको बाँकी कामलाई अगाडि बढाउन सरकार तयार भएको जानकारी दिनुभयो ।
औद्योगिक क्षेत्र निर्माणको लागि चितवन उद्योग संघले पहल गर्दै आएको छ । यस क्षेत्रमा वातावरण मुल्याङकन गरिसकेपनि थप केही साना रुखहरु काट्न पर्ने भएकाले त्यसको काम भइराखेको चितवन उद्योग संघका पूर्व अध्यक्ष भेषराज दवाडीले जानकारी दिनुभयो । मुख्यमन्त्रीको अवलोकनका क्रमममा उहाले औद्योगिक क्षेत्र निर्माणको जिम्मा प्रदेश सरकारले गर्नु पर्ने उहाले बताउनुभयो । प्रदेश मातहतमा आएमा काम गर्न सहज हुने उहाँको भनाइछ । मुख्यमन्त्री पाण्डेले भरतपुरमा रहेको प्रदर्शनी केन्द्रको पनि अवलोकन गर्नु भएको छ । आधुनिक प्रदर्शनी केन्द्रमा थप बजेट आवश्यकता परेकाले प्रदेश सरकारले सहयोग गर्नु पर्ने भन्दै चितवन उद्योग संघले माग राखेको छ ।
शनिबार गरिएको अवलोकनमा कानुन मन्त्री कृष्णप्रसाद खनाल, प्रदेश मन्त्री धनश्याम दाहाल, वागमती प्रदेश योजना आयोगका उपाध्यक्ष डाक्टर कृष्ण पन्तलगयातले नयाँ निर्माण हुन लागेको औद्योगिक क्षेत्र मध्य चितवनको विवाद रहित भएकाले छिटो निर्माणको पहल गरदिन मुख्यमन्त्री पाण्डेलाई अनुरो गर्नुभएको थियो ।
वातावरण मैत्री निर्माण हुने औद्योगिक क्षेत्रमा ८ सय वटा उद्योग निर्माण गर्न सकिनेछ । यहाँ बैक, होटल, उद्योग, कर्मचारी आवास गृह, चारलेनको बाटो निर्माण हुने उद्योग संघले जनाएको छ । औद्योगिक क्षेत्र निर्माणसंगै यहाँको वृहत विकास हुनेमा यहाँका स्थानीयवासी र पालिकाले जनाएको छ ।

शेयर गरौ

ताजा अपडेट