मन्त्री रेनु यादवले दिइन सिके राउतलाई ज्यान मार्ने धम्की

काठमाडौं ६ माघ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले हिंसा भड्काउने खालको विवादास्पद भाषण गरेकी छिन् । जनता समाजवादी पार्टीकी नेता समेत रहेकी यादवले जनमत पार्टीका अध्यक्ष सीके राउतलाई मार्ने धक्की दिएकी हुन् ।
बलिदानी दिवसका अवसरमा रौतहट सदरमुकाम गौरमा आयोजित एक कार्यक्रममा भनिन्, ‘तुफानसँग टकराउने प्रयास गर्यो भने तपाईको त्यही हालत हुन्छ जुन गौरको राइस मिलमा भएको थियो । म डाक्टर साब (सिके राउत) लाई भन्छु, त्यो इतिहास नभुलुन् । नत्र तपाईंका कार्यकर्ता मारिन्छन्, घेराबन्दी गरेर मारिदिन्छन्, सतर्क रहनुस् ।’

मन्त्री यादवको भनाई

इतिहासमा राइस मिल अझै जीवित छ । रौतहट ऐतिहासिक जिल्ला हो । यो गौरमा फट्टा९चिर्पट० देखाउने प्रयास नगर । यहाँ लट्ठी भाँच्ने जनता छन् । तपाईंको फट्टा त्यहीँ तोडमोड गरेर हातमा राखिदिनेछौँ । आज बलिदानी दिवसका दिन हिंसा होइन, आज बलिदानी दिवस मनाउन आएका हौँ । भोलि हामीले यहाँका पुल र सडकको अवस्था कस्तो छ भनेर भिजिट गर्नेछौं । तुफानसँग भिड्न आए तपाईंको उही हालत हुनेछ जे गौरको राइस मिलमा भएको थियो । म डाक्टर साबलाई यहीँबाट आग्रह गर्छु । तपाईं पीएचडी डाक्टर हो रिसर्च गर्नुहोस्, चिरफार नगर्नुहोस् । चिरफार गर्न खोज्नु भए फेरि तपाईंलाई घेराबन्दी गरेर मारिनेछ । त्यसैले तपाईं रिसर्च नै गर्नुहोस् ।

२०६३ चैत ७ गते अपराह्न गौर नगरपालिकास्थित राइस मिलमा तत्कालीन माओवादी र तत्कालीन मधेसी जनअधिकार फोरमबीच झडप हुँदा २७ जनाको मृत्यु भएको थियो । राइस मिलमा एकै स्थानमा तत्कालीन माओवादी र तत्कालीन फोरमले सभा गर्न लाग्दा झडप भएको थियो । झडपमा २७ वाईसीएल कार्यकर्ताको मृत्यु भयो भने ५३ जना गम्भीर घाइते भए ।

शेयर गरौ

ताजा अपडेट