टीं –२० विश्वकप छनोटका लागि नेपाली टोली घोषणा

काठमाडौं ६ माघ । नेपाल क्रिकेट संघ (क्यान) ले आईसीसी टी–२० विश्वकप छनोटका लागि १६ खेलाडीको नाम सार्वजनिक गरेको छ । नेपाल क्रिकेट संघ क्यानले बिहीबार सन्दीप लामिछानेको कप्तानीमा १६ सदस्यीय टोली घोषणा गरेको हो ।

ओमानमा आगामी फेब्रुअरी १५ देखि आयोजना हुने प्रतियोगिताका लागि क्यानले १६ जनाको अन्तिम सूची सार्वजनिक गरेको हो ।

यस पटक विवेक यादव र लोकेश बम पहिलो पल्ट राष्ट्रिय टोलीमा समावेश गरिएको छ । तर सोमपाल कामी, विनोद भण्डारी, रोहित पौडेल, सुशन भारी र विक्रम सोब भने टिममा अटाएनन् ।

नेपालले विश्वकप छनोटको समूह चरणमा ओमान, क्यानडा र बहराइनसँग प्रतिस्पर्धा गर्नेछ । यस पटक नेपालले नयाँ कप्तान सन्दीप लामिछानेको नेतृत्वमा प्रतिस्पर्धा गर्नेछ ।

यी हुन् छनोटमा परेका १६ खेलाडी

सन्दीप लामिछाने (कप्तान
कुशल भुर्तेल
आसिफ शेख
दीपेन्द्रसिंह ऐरी
ज्ञानेन्द्र मल्ल
शरद भेषावकर
आरिफ शेख
करण केसी
जितेन्द्र मुखिया
अविनाश बोहरा
शहाब आलम
कुशल मल्ल
कमलसिंह ऐरी
विवेक यादव
प्रदीप ऐरी
लोकेश बम

शेयर गरौ

ताजा अपडेट