चितवन, २९ पुस । नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल बास्कोटाले निर्वाचनदेखि सरकार भाग्न थालेको आरोप लगाउनु भएको छ ।
प्रेस चौतारी चितवनले विहीबार साँझ भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाले निर्वाचन आयोगले दुइमहिना अगाडि निर्वाचनको मिति सिफारिस गर्दा समेत सरकार मौन रहेको बताउनुभयो । आयोगले निर्वाचन गराउनको लागि कम्तीमा तीन महिना अगाडि मिति घोषणा हुनुपर्दछ भनेको छ तर सरकार अहिलेसम्म केही बोलेको छौन । यसबाट के प्रष्ट हुन्छ भने सरकार चुनावबाट भाग्दैछ पूर्वमन्त्री बास्कोटाले भन्नुभयो ।
समयमा निर्वाचन हुन नसके विधिको शासन हुन सक्दैन । यदी समयमा निर्वाचन गराउन सकेन भने मुलुक गम्भिर राजनीतिक भूमरीमा फस्दैछ । कुनै वहानावाजी गरेर निर्वाचन पछि सार्ने र लोकतन्त्र र संविधानको हुर्मत लिने षडयन्त्र हुन लागेको छ यसमा जनता चनाखो हुनु पर्दछ उहाले भन्नुभयो ।
सरकार बनेपछि अर्थतन्त्र ओरालो लागेको भन्दै चिन्ता व्यक्त गर्नुभयो । पुजीगत खर्छ हुन सकेको छैन । सरकारले काम गर्न नसकेर पूर्ण रुपमा असफल भएको छ । दलको मर्यदा नमान्ने १४ जना साम्सदको विषयमा अदालतले केही बोलेको छैन एमालेले उठाएको मुद्दाका विषयमा सुनुवाइ भएको छैन उहाले भन्नुभयो । ढिलो न्याय दिनु न्याय नपाउनु सरह हुन्छ । अदालत फैसला नगर्ने सभामुख गल्ती नस्विकार्ने यस्तो हुदा लोकतन्त्र कमजोर भएको छ ।
एमसिसी परियोजना एमालेको सरकारको पालामा आएको होइन । एमसीसी सम्झौता गर्ने सरकार अहिले छ त्यसको विषयमा पास गर्ने वा नगर्ने सरकारले जान्ने विषय भएको नेता बास्कोटाले भन्नुभयो । पत्रकार सम्मेलनमा कानुन न्याय तथा मानवअधिकार समितिका सभापति कृष्णभक्त पोखरेल, युवा नेता रामप्रसाद न्यौपाने, प्रेस चौतारीका उपाध्यक्ष गणेश पाण्डे लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम प्रेस चौतारी चितवनका उपाध्यक्ष कृष्ण आचार्यको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रम सचिव मुकुन्द भुसालले सञ्चालन गर्नु भएको थियो ।