अबको निर्वाचनमा एमालेले दुइतिहाइ जनमत ल्याउँछ ः उपाध्यक्ष बादल

चितवन, २३ पुस । नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलले अवको निर्वाचनमा एमालेले दुइतिहाइ मतका साथ सवैभन्दा ठुलो पार्टी हुने बताउनुभयो ।
नेकपा एमाले चितवनको दसौं जिल्ला अधिवेशनको उद्घाटन कार्यक्रमलाई शुक्रबार सम्बोधन गर्दै उहाले अहिलेपनि हामी पहिलो पार्टी छौ अव यतीले पुग्दैन दुइतिहाइ वहुमतका साथ निर्वाचित हुने दावी गर्नुभयो । उहाले भन्नुभयो ‘ हामी पहिलो पार्टी भएर मात्र हुदैन, अहिले पहिलो पार्टी छौ, अब दुइतिहाइ भन्दा माथिको मतको आधार निर्माण गर्नुछ । अबको निर्वाचनमा दुइतिहाइ मत ल्याएर एकल सरकार बनाएर देश निर्माण गर्ने छौ ।’
नेता वादलले पार्टी निर्माण नगरी निर्वाचन जित्न सक्दैनौ त्यसैले अब सबै मिलेर पार्टी बलियो बनाउनु पर्ने बताउनुभयो । पार्टीको योजना पूरा गर्न सत्तामा नपुगी सकिँदैन त्यसैले व्यापक मात्रामा जनता समक्ष योजना कार्यदिशा लैजानु पर्दछ । नीति सिद्धान्तलाई आत्मसाथ अगाडि बढ्न सबै कार्यकर्तालाइ निर्देशन दिनु भयो ।
उहाले समाजवाद एमाले बाहेक अर्को पार्टीले ल्याउन नसक्ने बताउनु भयो । कम्युनिष्ट पार्टीको आचरणमा रहेर एमालेले समाजवाद ल्याउने दावी गर्नुभयो । उहाले भन्नुभयो ‘नेपालका कम्युनिष्टहरु माथि केही टिप्पणी हुने गरेको छ, सच्चा कम्युनिष्टको आचरण भएन भन्ने त्यसलाई ध्यान दिदै एमालेले जनअपेक्षा अनुसार काम गर्दछ । ’
एमाले पार्टीमा जनताको जति विश्वास र भरोसा छ अन्य पार्टीमा छैन उहाले भन्नु भयो ‘त्यही भरोसाको जगलाई टेकेर जनमतका आधारमा समाजवाद ल्याउने छौ । ’ एमाले मात्र त्यस्तो शक्ति हो जसले सच्चा कम्युनिस्टको चरित्र बोकेको छ र विकास गर्न सक्दछ ।
कार्यक्रममा स्थायी कमिटी सदस्य सीता पौडेल, केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज देवी ज्ञवाली, केन्द्रीय सदस्य जगन्नाथ थपलिया, वागमती प्रदेश कमिटी सचिव विजय सुवेदी , प्रदेश कमिटी सदस्य कृष्णभक्त पोखरेल, जिल्ला उपसचिव प्रकास ढंगानालगयातले मन्तव्य राख्नुभयो । चितवन जिल्ला कमिटी १२० जनाको रहने जानकारी दिएको छ ।

 

शेयर गरौ

ताजा अपडेट