राष्ट्रियसभाको बैठक पुस २७ गते

 

काठमाडौं, २३ पुस । पुस २५ गते आइतबारका लागि बोलाइएको राष्ट्रियसभाको बैठक सरेको छ । शुक्रबार सूचना सार्वजनिक गर्दै संघीय संसदका महासचिव डा। भरतराज गौतमले बैठक विशेष कारणबस बैठक सरेको जानकारी दिनुभयो ।

राष्ट्रियसभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम बैठक पुस २७ गते मंगलबार दिउँसो १ बजेका लागि निर्धारण गरिएको गौतमको भनाइ छ ।

शेयर गरौ

ताजा अपडेट