चितवन २२ पुस । नेकपा एमाले चितवनको दसौं जिल्ला अधिवेशनको तयारी पूरा भएको छ ।
नयाँ नेतृत्व चयनका लागि हुन लागेको अधिवेशनको उद्घाटन कार्यक्रम कृष्णपुरमा रहेको तारापुञ्ज रिसोर्टमा हुने एमाले प्रचार समितिका संयोजक खोमकान्त रेग्मीले जानकारी दिनुभयो । करिब एकहजार पाँचसय प्रतिनिधि सहभागी हुने अधिवेशनको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि एमाले उपाध्यक्ष रामवहादुर थापा वादल हुने संयोजक रेग्मीले बताउनु भयो ।
कार्यक्रममा अर्का अतिथि एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डे, वागमती प्रदेश इन्चार्ज काशीनाथ अधिकारी, जिल्ला इन्चार्ज देवी ज्ञवाली, जिल्ला अध्यक्ष तथा केन्द्रीय सदस्य पार्वती रावल, केन्द्रीय सदस्य जगन्नाथ थपलिया, अन्य केन्द्रीय सदस्इहरुलगायत शीर्ष नेताहरुको उपस्थिति रहने उहाले जानकारी दिनु भयो । अधिवेसनका लागि आवश्यक तयारी सवै पूरा भएको रेग्मीले बताउनु भयो ।


