राजनीतिक संयन्त्रको बैठक : प्रधानमन्त्रीको भारत भ्रमणबारे छलफल

 

काठमाडौं, २२ पुस । सरकार सञ्चालनका नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा गठित उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसेको छ ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको हुन गइरहेको भारत भ्रमणको विषयमा छलफल भएको काँग्रेस नेता रामचन्द्र पौलेलका स्वकीय सचिव चिरञ्जीवी अधिकारीले बताउनुभयो ।

यससँगै, माघ १२ गते हुन गइरहेको राष्ट्रियसभा निर्वाचनको सम्बन्धमा पनि उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा छलफल भएको छ ।

बैठकमा प्रधानमन्त्री देउवासहित सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पष्पकमल दाहाल  प्रचण्ड लगायत सत्तागठन्धनका दल र अन्य दलहरुका नेताहरु सहभागी हुनुभएको उहाँले जानकारी दिनुभयो ।

शेयर गरौ

ताजा अपडेट