अर्जुननरसींह केसीलाई प्रश्न ः काँग्रेस अब पशुपती शर्माको पछि लागेको हो ?

चितवन समाचार डटकम, ७ फागुन ।
लुट् कान्छा लुट् बोलको गायक पशुपती शर्माको गीतले संसद भित्र देखी वाहिर सम्मका कार्यक्रमहरु तताएको छ ।
आज नारायणगढमा आयोजीत पत्रकार सम्मेलनमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुन नरसिंह केसीले पनि पशुपती शर्माको गीतकै बारेको प्रश्नको सामना गर्नुप¥यो ।
पत्रकारले सोधे, “काँग्रेस अब पशुपती शर्माको पछि लागेको हो ?” जवाफमा नेता केसीले काँग्रेस लोकतान्त्रिक मुल्य मान्यतामा विश्वास राख्ने भएकाले स्वतन्त्रताको पक्षमा वकालत गरेको तर्क गर्नुभयो । “पशुपतीकै पछि लाग्यो भन्ने अरोप र प्रत्यारोपका विषयमा केही भन्नुछैन, काँग्रेसले आफ्नो जन्मकाल देखीनै राष्ट्रियता प्रजातन्त्र र समाजवादको मुद्धा लिएर अघि बढेको छ । कसैको अभिव्यक्तीको स्वतन्त्रता नियन्त्रण गर्न सरकारले मिल्दैन । ” केसीले भन्नुभयो ।
समसामियक विषय संग संवन्धित कुराहरुमा पार्टीले सोही बमोजीमनै धारणा राखेको काँग्रेस नेता केसीले बताउनुभयो ।
काँग्रेसले संसदमा प्रभावकारी र शसक्त भुमिका खेल्ननसकेको स्विकार गर्दै काँग्रेस नेता केसीले यसमा सुधार गरेर जानुपर्ने बताउनुभयो ।
सरकारको कार्यशैलीको पनि केसीले आलोचना गर्नुभयो । वाईडवडी, ३३ किलो सुन काण्ड, एनसेल प्रकरण, वुढीगण्डकी जस्ता विषयमा सरकार चुकेको केसीले आरोप लगाउनुभयो ।
“यो सरकार साच्चिकै भ्रष्टचार नियन्त्रणमा लागेको छ भने जुनसुकै पार्टी र तहका जो सुकै परोस् कार्वाही गरेर देखाओस ” केसीले भन्नुभयो ।

शेयर गरौ

ताजा अपडेट