पाल्पा बस दुर्घटना : सात जनाको घटनास्थलमा मृत्यु

 

पाल्पा, १८ पुस । पाल्पाको लघुवामा आइतबार बिहान लु २ ख ७२७९ नम्बरको बस दुर्घटना हुँदा सात जनाको घटनास्थलमा मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार लुम्बिनी मेडिकल कलेजमा सात र मिसन अस्पतालमा छ जना घाइतेहरूको उपचार भइरहेको छ ।

घाइतेहरूमा बुटवल १७ का ३८ वर्षीय विशाल रसाइली, अर्घाखाँची कुभिण्डेका ४३ वर्षीय लालबहादुर विक, बुटवल १७ का ४५ वर्षीय घनबहादुर सुनार, सैनामैना ६ का ५० वर्षीय श्यामबहादुर विक, अर्घाखाँची मालारानी–२ का ३७ वर्षीय रमेश टोमटा रहनुभएको छ ।

यस्तै, अर्घाखाँची डाँडाकटेरी–१ का ५४ वर्षीय गोपाल नेपाली, सैनामैना –६, रूपन्देहीका २९ वर्षीया मीरा रामधान घाइते हुनुभएको छ । यस्तै, बुटवलका ४८ वर्षीय माधव बस्याल, मालारानी अर्घाखाँचीका २२ वर्षीय दीपक विक र तुल्सी विक रहनुभएको छ । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ । घाइतेहरूमा सात जनाको लुम्बिनी मेडिकल कलेजमा उपचार भइरहेको छ भने छ जनाको मिसन अस्पतालमा उपचार भइरहेको छ । मृतकको पहिचान खुल्न सकेको छैन । मृतकको शव बसले च्यापिएकाले निकाल्न समय लागेको छ ।

घटनास्थलमा प्रहरी, स्थानीय बासिन्दा, सशस्त्र प्रहरीलगायतको टोलीले उद्धार कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक रामेश्वर त्वातीले जानकारी दिनुभयो । बुटवलको देवीनगरबाट शव लिएर रिडी गएको बस दुर्घटनमा परेको उहाँले जानकारी दिनुभयो ।

शेयर गरौ

ताजा अपडेट