चितवन, १७ पुस । नेकपा एमाले चितवनका नेता लीलाधर आचार्यको निधनमा नेकपा एमाले चितवनले शोक व्यक्त गरेको छ ।
एमालेले आज एक शोक व्यक्तव्य जारी गर्दै भरतपुर महानगरपालिका–१० स्थित निवासमा ६२ वर्षको अल्पायुमा पुस १६ गते भएको आचार्यको असामयिक निधनले नेकपा (एमाले) जिल्ला कमिटी चितवन स्तव्ध एवम् मर्माहत भएको जनाएको हो ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाग्मती प्रदेश कमिटीका सदस्य, तत्कालीन नेकपा माले हुँदै एमालेको लामो समय जिल्ला कमिटी चितवनको सदस्य, सचिवालय सदस्य, साबिक कल्याणपुर गाउँ पञ्चायत माडीको जनपक्षीय प्रधानपन्च, दुई कार्यकाल तत्कालीन जिल्ला विकास समिति चितवनको सदस्य, माडी क्याम्पस बसन्तपुरको संस्थापक अध्यक्ष, जनकल्याण मावि कल्याणपुरको संस्थापक प्रमुख नेतृत्वकर्ता बन्दै विशेषतः माडी तथा चितवनको विकासमा आचार्यले महत्वपूर्ण योगदान पु¥याएको व्यक्तत्वमा उल्लेख छ ।
शोक व्यक्तव्यमा भनिएको छ, ‘आचार्यको निधनले पार्टीले एक होनहार पार्टी संगठक, विकासप्रेमी योद्धा तथा जनप्रिय नेता गुमाएको छ । दुःखको यस घडीमा दिवंगत नेताप्रति भावपूर्ण श्रद्धाञ्जली अपर्ण गर्दै शोक सन्तप्त परिवारजनमा धैर्य धारण गर्न सक्ने शक्ति प्राप्त होस् भन्ने कामनासहित गहिरो समवेदना व्यक्त गर्दछौँ ।’