प्रेस चौतारी चितवनको अधिवेशन पुस २५ गते हुने

चितवन, १७ पुस । प्रेस चौतारी नेपाल चितवन शाखाको अधिवेशन पुस २५ गते हुने भएको छ ।
शनिबार बसेको सचिवालयको बैठकले पुस २५ गते जिल्ला अधिवेशन गर्ने निर्णय गरेको हो । अधिवेशन सम्पन्न गर्नका लागि विभिन्न उपसमितिहरु गठन गरिएको छ ।
प्रतिनिधि व्यवस्थापन उपसमितिमा गोविन्द घिमिरे, इन्दिरा दाहाल र अमिर रामदाम रहनु भएको छ । प्रचारप्रसार उपसमितिमा कृष्ण आचार्य, ध्रुवराज खनाल र सञ्जय चौधरी, हल तथा मञ्च व्यवस्थापन उपसमितिमा हेमराज रिमाल, सविता दराई र कुल काफ्ले, भोजन, आवास तथा यातायतमा सचिन भट्टराई, राजु थापा र बद्री अर्याल, स्वागत तथा अतिथि सत्कारमा रविना पौडेल, रामशरण गैरे, हिरालाल आचार्य ‘डायमण्ड’ रहनुभएको छ ।
यस्तै आर्थिक उपसमितिको जिम्मेवारी मुकुन्द भूषाल, लक्ष्मण सापकोटा र आनन्द पोखरेललाई दिइएको छ ।
बैठकले प्रतिवेदन तयारीका लागि अध्यक्ष सुवास पण्डित र सहअध्यक्ष कृष्ण आचार्यलाई जिम्मेवारी दिएको छ । अधिवेशन अगाडि नै सदस्यता अद्यावधिक गरी प्रदेशमा सिफारिस गर्ने निर्णय गरेको छ ।
यस्तै बैठकले अधिवेशनको सन्दर्भ पारेर विभिन्न पुरस्कार वितरण गर्ने निर्णय गरेको छ । स्वर्गीय द्वारिका नेपाल स्मृति पुरस्कार वितरणका लागि केन्द्रीय सदस्य शालिग्राम नेपाल, सन्तकुमार चौधरी, जिल्ला अध्यक्ष सुवास पण्डित, सदस्यहरु दिपेन्द्र अधिकारी र शान्ता अधिकारी रहेको छनोट समिति गठन गरिएको छ ।
बैठकमा केन्द्रीय सदस्य शालिग्राम नेपाल, राधेश्याम खतिवडा, तीर्थ नेपाल, तिलक रिमाल, सन्तकुमार चौधरी, नवराज ढकाललगायतको उपस्थिति रहेको थियो ।
यसअघि प्रेस चौतारीको केन्द्रीय कमिटीको बैठकले केन्द्रीय अधिवेशन माघ २२ गते कास्कीको पोखरामा गर्ने निर्णय गरेको छ । यस्तै, जिल्ला अधिवेशन पुस २८ र २९ गते, साथै प्रदेश अधिवेशन माघ ३–६, मा गर्ने निर्णय केन्द्रीय कमिटीले गरेको छ ।

शेयर गरौ

ताजा अपडेट