निर्वाचन केन्द्रीत गतिविधि गर्न कार्यकर्तालाई निर्देशन

चितवन १५ पुस । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले छिटै सरकारले निर्वाचनको मिति घोषणा गर्ने भएकाले आउदो निर्वाचनबाट एमालेलाई वहुमतको पार्टी बनाउन पार्टीका सवै वर्गले मेहनत गर्नु पर्नेमा जोड दिनु भयो ।

चितवनको रत्ननगर नगरपालिका वडा नं. ८ को कार्यक्रमलाई विहीबार सम्वोधन गर्दै उपाध्यक्ष पाण्डेले भारत भ्रमणबाट प्रधानमन्त्री फर्केर आएपछि मात्र निर्वाचन को मिति तोकिने तयारी रहेकाले सवै शक्ति निर्वाचनमा लगाएर पार्टीलाई वहुमतको सिट ल्याउने बनाउनु पर्नेमा जोड दिनु भयो ।

सरकार समक्ष आयोगले निर्वाचन गर्नको लागि सिफारिस गरे पनि सरकाले निर्णय नगरेको बताउनु भयो । भारत भ्रमणपछि मात्र निर्वाचनको मिति तोकिने तयारी रहेको बताउनु भयो । अवधिक निर्वाचनको समय आइसकेको छ जसको तयारीमा निर्वाचन आयोग जुटेको छ तर सरकारले निर्णय लिन नसक्दा आयोगले थप काम गर्न सकेको छैन । भारतबाट फर्केपछि मिति तोकिने तयारी रहेको आयोगले जानकारी दिएको उहाले बताउनु भयो ।
निर्वाचन हुनको लागि कम्तिमा एकसय दिन चाहिन्छ । माघ महिना लागे लगतै निर्वाचनको वातावरण बन्नेछ त्यसैले छुटेकाहरुलाई मतदाता परिचय पत्र बनाउन कार्यकर्तालाई निर्देशन दिनु भयो ।


अब बिस्तारै स्थानीय, प्रदेश र संघको निर्वाचन हुदैछ । जनताले रुचाएको काम गर्न सक्ने क्षमतावान व्यक्तिलाइ निर्वाचनमा उमेदवार बनाउनु पर्दछ । त्यस्तो व्यक्ति एमालेमा प्रसस्त छन । अन्य पार्टीमा भन्दा एमालेमा जनताको भरोसा रहेको छ ।
उहाले नेकपा एसलाई लक्षित गर्दै एमाले हराउन लागेको पार्टीको भविश्य नभएको बताउनु भयो । आफू जित्ने भन्दा एमाले हराउने योजना बोकेको पार्टीले जनताको मन जित्न सक्दैन । क्रान्तिमा कम भन्दा कम क्षती गरेर विजय हासिल गरेको शक्तिले मात्र काम गर्न सक्छ । त्यसैले अरुलाइ क्षती होइन सद्भाव राखेको दललाइ जनताले मन पराउछ ।

कार्यक्रममा एमाले केन्द्रीय सदस्य जगन्नाथ थपलियाले अबको निर्वाचनमा एमालेले सबै ठाउमा जीत हासिल गर्ने बताउनु भयो । नेकपा एसमा कुनैपनि व्यक्ति जानबाट रोक्न र अन्य पार्टीबाट एमाले प्रवेश गराउन निर्देशन दिनु भयो ।

कार्यक्रममा एमाले नेता प्रेम दुवाडी, रत्ननगर नगर कमिटी अध्यक्ष इश्वरीप्रसाद अर्याल, महिला नेतृ ज्वाला वनलगायतले मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेश गर्नेलाई उपाध्यक्ष पाण्डेले टिका लगाएर स्वागत गर्नु भएको थियो ।

 

शेयर गरौ

ताजा अपडेट