चितवनमा क्रिसमसको उत्सव

 

चितवन ९ पुस । क्रिसमसको पूर्व सन्ध्यामा चितवनको पर्यटकीय क्षेत्र सौराहा, नारायणगढका विभिन्न स्थानमा क्रिष्टियनहरुले क्रिसमस मनाएका छन् ।
रेस्टुराँ, होटलदेखि सपिङ मलसम्म झिलिमिली बत्तीमा सजिएका क्रिसमस ट्री तथा सान्टा क्लजको राता लुगाको पहिरनले सजिसजाउ छ । चर्चहरूमा प्राथना कार्यक्रम राखिएको छ ।
कोभिड–१९ का कारण विगत लामो समयदेिख ठप्प बजार विस्तारै खुल्न थालेपछि क्रिसमसको माहोल बनेको हो । क्रिसमस मनाउन आउने युवापुस्तालाई स्वागत गर्न सौराहा, भरतपुर र नारायणगढका होटलहरुले झिलिमिल बत्ती बालेर स्वागत गरेका छन् ।

शेयर गरौ

ताजा अपडेट