देउवाको विजयमा पार्टीले उत्सव नमनाउने

काठमाडौं २९ मङ्सिर । नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणले शेरबहादुर देउवाको विजयमा पार्टीले उत्सव नमनाउने बताएका छन् । पार्टीको आन्तरिक निर्वाचन भएकाले जितको खुशीयालीमा अबिरजात्रा र नाराबाजी नगर्ने उनले बताएका छन् ।

विपक्षी पार्टीलाई पराजित गरे जस्तो विजयउत्सव मनाउन आवश्यक नरहेको उनले बताए । पार्टीका अन्य पदाधिकारी र सदस्यको मत परिणाम आएपछि जिम्मेवारी सम्हाल्दै सुभकामना आदानप्रदान गरिने नेता खाँणको भनाइ छ ।

सभापति पदका लागि भएको मतदानको मतगणनाको अन्तिम नतिजापछि सञ्चारकर्मीसँग उनले पराजित भएको समूहलाई पार्टीले जिम्मेवारी दिने जानकारी दिए । सबै पक्षलाई समेटेर पार्टीलाई थप सशक्त बनाउँदै अगाडि बढाउने रणनीति रहेको उनको भनाइ छ । निर्वाचन समितिले अन्तिम मतपरिणाम सुनाउँदा देउवा मतगणास्थलमा थिएनन् ।

१४औं महाधिवेशनले नयाँ कार्यसमितिको केन्द्रीय सभापतिमा शेरबहादुर देउवालाई निर्वाचित गरेको छ । प्रतिस्पर्धी डा. शेखर कोइरालालाई पराजित गर्दै देउवा नयाँ कार्यकालका लागि सभापतिमा निर्वाचित भएका हुन् ।

शेयर गरौ

ताजा अपडेट