काँग्रेसको वर्तमान कार्यसमितिले तीन प्रतिवेदन पारित ग¥यो

काठमाडौं २३ मंसिर । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकले १४औँ महाधिवेशनमा पेस गरिने तीन प्रतिवेदन पारित गरेको छ ।
सानेपास्थित पार्टी मुख्यालयमा बसेको वर्तमान कार्यसमितिको अन्तिम बैठकले महाधिवेशनसम्बन्धी राजनीतिक, आर्थिकसहितका प्रतिवेदन पारित गरेको हो ।

प्रवक्ता विश्वप्रकाश शर्माले दिनु भएको जानकारी अनुसार महामन्त्रीद्वयको तर्फबाट महामन्त्री पूर्णबहादुर खड्काले बैठकमा सांगठानिक प्रतिवेदन पेस गर्नु भएको थियो । उक्त प्रतिवेदन केही रायसहित पारित गरेको शर्माले बताउनु भयो ।

त्यस्तै कोषाध्यक्षका तर्फबाट लेखासम्बन्धी प्रतिवेदन पेस भएर पारित भएको छ । प्रतिवेदनअनुसार कांग्रेससँग हालसम्म १० करोडभन्दा बढी रकम कोषमा संचित रहेको उल्लेख गरिएको छ । नीति अनुसन्धान, प्रशिक्षण प्रतिष्ठानको प्रतिवेदन पेस भएर पारित भएको छ।

विभिन्न समयमा आवश्यकता अनुसार गरिएको विधानको परिमार्जन, संशोधन लगायतका विषय पनि बैठकबाट अनुमोदन भएको छ। बैठकमा पदाधिकारी र केन्द्रीय सदस्य थप्न प्रस्ताव भने नआएको प्रवक्ता शर्माले जानकारी दिनु भयो ।

शेयर गरौ

ताजा अपडेट