काङ्ग्रेस महाधिवेशन : मोवाईल फोन लिएर जान नपाइने

काठमाडौं २३ मङ्सिर  । भोलिबाट  काठमाडौंमा सुरु हुने नेपाली कांग्रेसको महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरुका लागि केन्द्रीय निर्वाचन समितिले आचार संहिता जारी गरेको छ ।

नेपाली कांग्रेसको चौधौं महाधिवेशनमा उम्मेदवार रहेका केन्द्रीय कार्य समितिका पदाधिकारी, केन्द्रीय सदस्य तथा महाधिवेशन प्रतिनिधि, पार्टीका शुभेच्छुक समर्थकहरुले आचारसंहिता पालना गर्नुपर्ने छ ।

आफ्नो उम्मेदवारीको प्रचारप्रसार गर्नु पर्दा भिजिटिङ्ग कार्ड र सामान्य अपिल वितरण गर्न सकिने आचार संहितामा उल्लेख गरिएको छ ।

कसैको पनि व्यक्तिगत चरित्रमा लान्छना लाग्ने गरी प्रचार प्रसार गर्न पाइने छैन भने मर्यादित, अनुशासित र संयमित भई शान्तिपूर्ण तरिकाले निर्वाचन प्रचारप्रसार गर्न आग्रह गरिएको छ ।

महाधिवेशनस्थलको ५०० मिटर क्षेत्रभित्र निर्वाचनसंग सम्वन्धित कुनै पनि प्रकारको प्रचार सामग्री राख्न तथा एवं माइकिङ गर्न समेत निषेध गरिएको छ । राखिएको देखिएमा केन्द्रीय निर्वाचन समितिले हटाउने व्यहोरा आचार संहितामा उल्लेख छ ।

मतदानस्थलभित्र (भृकुटी मण्डप-राष्ट्रिय सभा गृह) प्रवेश गर्दा मोवाईल फोन लिएर जान नपाइने कांग्रेस केन्द्रीय निर्वाचन समितिको आचार संहितामा उल्लेख छ ।

शेयर गरौ

ताजा अपडेट