चितवन समाचार डटकम, २० मंशिर ।
लायन्स क्लव अन्तर्राष्ट्रिय ३२५ बि टु नेपालका गभर्नर रामप्रसाद भट्टले लायन्सका माध्यमबाट नेपालमा सेवा तथा सहयोग वृद्धि गर्न सदस्यता बिस्तार गर्न लागिएको बताउनुभएको छ । चितवनका विभिन्न पाँचवटा क्लवकाे पदस्थापन कार्यक्रमलाई साेमवार भरतपुरमा संवाेधन गर्दै गभर्नर भट्टले यस बर्ष ५० हजार सदस्य थप गर्ने याेजना राखिएको बताउनुभयो । यसकालागि १०८ वटा क्लव गठन गर्न लागिएको उहाँले बताउनुभयो । नेपालमा अन्तर्राष्ट्रियबाट सहयोग बढाउने उदेश्यले अहिले बिभाजन मार्फत आठवटा डिस्ट्रिक्ट बनाउन लागिएको उहाँले जानकारी दिनुभयो ।
मधुमेह , आँखा, क्यान्सर जस्ता राेग नियन्त्रण गर्न , प्राकृतिक विपद र भवितब्यमा परेकाहरुलाई सहयाेग पुर्याउन नेपालमा कराेडाै रकम अन्तर्राष्ट्रिय बाट उपलब्ध हुनेगरेकाे र यस्लाई थप बृद्घि गराउन आफुहरु याेजनाबद्ध ढंगले अघि बढेको भट्टले बताउनुभयो ।
कार्यक्रममा लायन्स क्लव अफ भरतपुर, भरतपुर चाैतारी, चितवन ग्रिन, चितवन वाङ्मय र स्मार्ट वुमेन का बर्ष २०२१/०२२ का पदाधिकारीलाई पदस्थापन गरिएको थियोे । लायन्स क्लव अफ भरतपुरका वर्ष २०२०/०२१ का अध्यक्ष मुक्तिराम अधिकारीकाे अध्यक्षतामा भएको कार्यक्रम डिस्ट्रिक्टका पदाधिकारीहरु गणेश ढकाल, हरिप्रसाद घिमिरे , दिनानाथ न्याैपाने, सिदार्थलाल चुके, नारायणप्रसाद शर्मा, प्रभाकर पण्डित, अनुजकुमार पन्त, निरजकुमार श्रेष्ठ,कल्याणि मिश्र, डा.शारदा कुवर लगायत अतिथि रहनुभएकाे थियाे ।
साे अवसरमा लियाे क्लव अफ भरतपुर, भरतपुर चौतारी र चितवन ग्रिनकाे पनि पदस्थापन गरिएको थियाे ।
कार्यक्रमकाे सञ्चालन लायन्स क्लवअफ भरतपुरका सचिव सन्ताेष मजाकाेटिले गर्नुभएको थियोे ।


