चितवनबाट देशैभरी एक साथ बाघ गणना सुरु

सौराहा, १९ मङ्सिर । चितवन राष्ट्रिय निकुञ्जको पूर्वी सेक्टर सौराहाबाट राष्ट्रिय बाघ सर्वेक्षण २०२२ सुरु भएको छ ।
वन तथा वातावरणमन्त्री मन्त्री रामसहाय प्रसाद यादवले बुट्यानमा जडान गरिएको क्यामरा ‘अन’ गरेर सर्वेक्षणको उद्घाटन गर्नु भयो ।
राष्ट्रिय निकुञ्ज तथा वन्यतन्तु सरंक्षण विभागले चितवनसहित देशभर वाघ भएका जंगलमाा सर्वेक्षण थालनी गरेको छ । आइतबार औपचारिक सुरुवात गरेपछि सर्वेक्षणको काम भएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले बताउनु भयो । चितवन, पर्सा, बर्दिया, बाँके र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाटे बाघ पाइन्छ । बाघ गणनाका लागि पाँच वटा राष्ट्रिय निकुञ्ज र बाघ पाइने निकुञ्जबाहेकका क्षेत्रलाई समेत समेटेर तीन वटा कम्प्लेक्स बनाइएको छ ।
चितवन–पर्सा कम्प्लेक्स, बाँके बर्दिया कम्प्लेक्स र शुक्लाफाँटा–लालाझाडी क्षेत्र गरी तीन वटा कम्प्लेक्स रहेका छन् । वनमन्त्री यादवले बुट्यानमा जडान गरिएको क्यामरा अन गरेपछि क्यामरामा बाघ कैद हुने विधिको डमी देखाएर सर्वेक्षण सुरु गरिएको थियो । सर्वेक्षणका लागि सर्वेक्षकहरु आ–आफ्नो क्याम्पमा गइसकेका छन् । केहि सर्वेक्षक सोमबारसम्म आफ्नो क्याम्पमा पुगिसक्ने छन् ।
नेपालले सन् २०१० मा रसियाको सेन्टपिटर्सबर्गमा भएको बाघ सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा सन् २०२२ सम्ममा बाघको संख्या दोब्बर बनाउने प्रतिबद्धता जनाएको थियो । नेपालको तर्फबाट तत्कालिन प्रधानमन्त्री माधवकुमार नेपालले बाघको संख्या दोब्बर बनाउने प्रतिबद्धता जनाउनु भएको थियो ।

 

शेयर गरौ

ताजा अपडेट