चितवनकाे स्थानीय तहले वाड्न थाल्याे सुत्केरी भत्ता , राप्तीमा वितरण

चितवन समाचार डटकम
चितवन ६ फागुन ।

राप्ती नगरपालिका वडा नं. ४ ले सुत्केरी आमाहरुलाई पोषण भत्ता वितरण गरेको छ ।
वडा अध्यक्ष समशेर लामाको अध्यक्षतामा भएको कार्यक्रममा नगरपालिकाकी प्रमुख प्रभा वरालले सुत्केरी आमालाई भत्ता वितरण गर्नु भएको थियो । वडाले आर्थिक वर्ष २०७५÷७६ का लागि ३ लाख बजेट छुट्टाएको छ ।

सोही रकमबाट सोमबा एकसय जनालाई दुइहजार ५ सयका दरले वितरण गरेको वडा अध्यक्ष समशेर लामाले जानकारी दिनु भयो । वडाले भत्ता एकसय १३ जनालाई वितरण गर्ने योजना रहेको छ । वडामा सुत्केरी हुने महिलाको सख्या धेरै भएपनि बजेट सिमित भएको कारण धेरैलाई वितरण गर्न नसकेको उहाले जानकारी दिनु भयो ।

कार्यक्रममा नगरपालिकाकी प्रमुख वरालले जनताले स्थानीय सरकार भएको अनुभती गर्न थालेको जानकारी दिनु भयो । नगरपालिकामा अन्य विकासका कामले गती लिदै गएकाले जनताले नगरपालिकाको कामलाई साथ दिन र भएका कामको प्रचार गर्न अनुरोध गर्नु भयो ।

शेयर गरौ

ताजा अपडेट