काँग्रेस चितवनको अधिवेशन केन्द्रीय महाधिवेशनपछि मात्रै : १६ जिल्लाको अधिवेशन स्थगीत

चितवन, १६ मंसिर । नेपाली काँग्रेस चितवनको अधिवेशन केन्द्रीय महाधिवेशनपछि मात्र हुने भएको छ ।
नेपाली काँग्रेस केन्द्रीय निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठका अनुसार चितवनसहित १६ जिल्लाका अधिवेशन केन्द्रीय महाधिवेशनपछि मात्र गर्ने निर्णय भएको जानकारी दिनु भयो । प्रदेश र केन्द्रको अधिवेशन आइसकेकोले जिल्लाको महाधिवेशन सञ्चालन गर्न कठिन भएकाले अहिले स्थगित गरिएको जानकारी दिनु भयो ।

यसैबीच कांग्रेस केन्द्रीय निर्वाचन समितिले विहीबार एक विज्ञप्ति जारी गर्दै अधिवेशन हुन बाँकी जिल्लाको अधिवेशन कार्यक्रम स्थगित गरेको हो । आजबाट प्रदेश अधिवेशन शुरु भएकाले जिल्ला अधिवेशन अब महाधिवेशनपछि मात्र गर्ने काँग्रेस निर्वाचन समितिले जनाएको छ । काँग्रेसले अहिलेसम्म ६१ जिल्लामा अधिवेशन सम्पन्न गरेको छ । प्रदेश एकका १४ जिल्ला र कर्णालीका १० जिल्लाका अधिवेशन सम्पन्न भएको छ ।

प्रदेश–२ मा भने नेतृत्व चयन गर्न ८ जिल्लामै बाँकी छ । प्रदेश–२ मा अब महाधिवेशनपछि मात्र जिल्ला अधिवेशन भएको छ । यस्तै बागमती प्रदेशमा चितवन, सिन्धुली, मकवानपुर र सिन्धुपाल्चोक, जिल्ला अधिवेशन सम्पन्न भएको छैन । उक्त जिल्लामा पनि अब महाधिवेशनपछि मात्र जिल्ला अधिवेशन हुनेछ ।

गण्डकीमा प्रदेशमा पनि नवलपरासी पूर्वको जिल्ला अधिवेशन हुन बाँकी छ भने लुम्बिनी प्रदेशमा बाँकेमा पनि जिल्ला अधिवेशन भएको छैन । नवलपरासी पूर्व र बाँकेमा पनि महाधिवेशनपछि मात्र जिल्ला अधिवेशन हुने निर्वाचन समितिले जनाएको छ ।

यस्तै सुदूरपश्चिम प्रदेशका कैलाली र अछाममा पनि जिल्ला अधिवेशन रोकिएको छ । कैलाली र अछाममा महाधिवेशनपछि जिल्ला अधिवेशन हुनेछ । जिल्ला अधिवेशन सम्पन्न नभएका १६ जिल्लामा महाधिवेशन प्रतिनिधि चयन भइसकेका छन् ।

शेयर गरौ

ताजा अपडेट