सौराहा,१३ मङ्सिर १३ गते । नेकपा एमालेका नेता लालबाबु पण्डित निर्वाचन छाडेर काठमाडौं फर्किनु भएको छ ।
पार्टीको पदाधिकारीमा दाबी गर्नु भएका पण्डितको नाम केन्द्रीय सदस्यमा आएपछि उहाँ निर्वाचन छाडेर काठमाडौं फर्किनु भएको हो । उहाले एमालेको केन्द्रीय सदस्यको पद अस्विकार समेत गर्नु भएको छ । निर्वाचन मण्डलका अध्यक्ष केपी शर्मा ओलीले ३०१ सदस्यीय केन्द्रीय कमिटी प्रस्ताव गर्दा पण्डितको नाम केन्द्रीय सदस्यमा राखिएको थियो । एमालेको दसौं महाधिवेशन चितवनको सौराहामा जारी छ ।


