चितवन, ११ मंशिर ।
नेकपा एमालेका लाेकप्रिय युवा नेता कृष्णभक्त पाेखरेलले केन्द्रीय सदस्य पदमा उम्मेदवारी घाेषणा गर्नुभएको छ । साैराहामा चलिरहेको १०अाैं राष्ट्रिय महाधिवेशनमा नेता पाेखरेलले खुला तर्फबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने तयारी गर्नुभएको हाे । प्रतिनिधि सभा अन्तरगतकाे कानुन न्याय तथा मानवअधिकार समितिका सभापति पाेखरेलले जनताको बहुदलीय जनवादको आलाेकमा समृद्ध नेपाल सुखी नेपालीकाे संकल्प पूरा गर्न आफू केन्द्रीय समितिमा उम्मेदवार बनेको बताउनुभयो । चितवन क्षेत्र नम्बर-२ बाट प्रतिनिधि सभामा निर्वाचित पाेखरेल एमालेका लाेकप्रिय युवा नेता मानिन्छन् । २०७४ सालमा भएको निर्वाचनमा प्रतिद्वन्द्वीलाई १७ हजार मतान्तरले पाेखरेलले चुनाव जित्नुभएकाे थियाे । त्यसअघि २०७० सालकाे संविधान सभा निर्वाचनमा पनि उहाँ साेहि क्षेत्रबाट बिजयी हुनुभएको थियाे । अधिवक्ता समेत रहेका पाेखरेलले नेपालकाे संबिधान निर्माणमा मस्यौदा समिति सदस्यकाे भुमिका निभाउनुभयाे । हाल कानुन समितिका तर्फवाट दुईसय भन्दा वढि कानुन निर्माणमा सभापतिकाे रुपमा उहाँले अगुवाइ गर्नुभयाे ।
नेकपा एमाले चितवनका निवर्तमान अध्यक्ष पाेखरेलकाे कार्यकालमा जिल्लाकाे स्थानीय तहकाे निर्वाचनमा पार्टीका बहुसंख्यक उमेदवारले जीत हासिल गरेका थिए । पार्टी नेता कार्यकता र आम जनताका विचमा पाेखरेल सरल व्यवहार र मृदुभाषि भएकै कारण प्रिय मानिन्छन् । बिद्यार्थीकालबाटै राजनीतिमा सक्रिय पाेखरेल २०४८-०५० मा अनेरास्ववियुकाे केन्द्रीय सचिव भएका थिए ।
जारी दशाैं राष्ट्रिय महाधिवेशनमा पार्टीले दिएको आवास ब्यवस्थापन समिति संयाेजककाे जिम्मेवारी कुशलतापुर्वक सम्पादन गरिरहेका छन् ।
याे महाधिवेशनमा केन्द्रीय सदस्य पदमा ( खुला तर्फ) उमेदवार बन्नुभएका पाेखरेल प्रतिनिधिहरुवाट पाएकाे माया र सद्भावले आफू उत्साहित बनेकाे प्रतिक्रिया दिनुभएको छ । “राष्ट्रियता र समृद्धिका पक्षमा पार्टी अध्यक्ष केपी ओलीको अगुवाइमा एमाले पार्टीलाई अब हुने हरेक निर्वाचनमा श्रेष्ठता हासिल गराउन केन्द्रीय सदस्यका रुपमा आफू अघि सर्न लागेकाे छु “- पाेखरेलले भन्नुभयाे । प्रतिनिधिहरुवाट आवश्यक सहयाेग प्राप्त हुनेमा आफू विश्वस्त रहेकाे उहाँको भनाइ छ ।


