एमाले प्रतिनिधीहरुलाई कृष्णभक्त पोखरेलको संयाेजनमा सौराहामा ब्यवस्थित आवास

चितवन , १० मंशिर ।
नेकपा एमालेको दशौं राष्टिय महाधिवेशन अन्तगरत उद्घाटन सत्र सकिएपछि प्रतिनिधीहरु बन्दसत्र स्थल सौराहा तर्फ लागेका छन् । २ हजार १ सय ७५ जना प्रतिनिधी र १ सय ३० जना पर्यवेक्षक गरी २ हजार ३ सय ५ जनालाई सौराहामा नै आवासको प्रवन्ध गरिएको छ ।
महाधिवेशन आवास ब्यवस्थापन समितिका संयोजक कृष्णभक्त पोखरेलका अनुसार प्रतिनिधीहरुलाई सहजताका लागि पार्टीका स्थानीय नेताहरु क्षेत्रगतरुपमा जिम्मेवारी लिएर परिचालित भएका छन् । प्रदेश नम्वर एकवाट आउने प्रतिनिधीहरुलाई प्रेम दवाडी (९८५५०६२०४६), प्रदेश नम्वर दुईबाट आउने प्रतिनिधीहरुलाई बिनोद रेग्मी(९८५५०५८९१४) र लोकराज भुषाल (९८५५०५२१३४),बागमती प्रदेशवाट आउने प्रतिनिधीलाई केशव आचार्य (९८५५०६०१९९)ले सहजीकरण गर्नुहुनेछ । त्यसैगरी गण्डकी प्रदेशवाट आउने प्रतिनिधीहरुलाई निलहरी थापा र सागर मिश्र(९८४५०८५२५८), लुम्विनी प्रदेशवाट आउने प्रतिनिधीहरुलाई गोविन्द भट्टराइ ( ९८५५०५८५७५), कर्णाली वाट आउनेलाई उद्धव कोईराला ( ९८५११२६३१२) र सुदुरपश्चिमवाट आउनेलाई कृष्ण केसी (९८४५०४५१६२)ले सहजीकरण गर्ने जिम्मेवारी पाउनुभएको छ ।
त्यसैगरी जनवर्गिय संगठन र सम्पर्क तर्फ ऋषिकेश रेग्मी ( ९८५५०६३२८१), केन्द्रीय सदस्य र सल्लाहकार तर्फ आवास सहजीकरणको जिम्मेवारी राजाराम रेग्मी ( ९८५५०५६१४०)को रहेको छ ।
प्रतिनिधीहरुको आवास ब्यवस्थापनका लागि समिति अहोरात्र खटिएको र कसैलाई असहजता नहोस् भन्ने ढंगले काम गरिएको युवा नेता ऋषिकेश रेग्मीले बताउनुभयो ।

शेयर गरौ

ताजा अपडेट