एमालेको १० औ महाधिवेशन आजबाट चितवनमा सुरु : छ स्थानबाट ¥याली निस्कदै

 

चितवन, १० मंसिर । नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन अगाडि विभिन्न छ स्थानबाट ¥याली निकाल्ने तयारी गरेको छ ।
चितवनको नारायणी नदी किनारमा हुने उद्घाटन कार्यक्रमका लागि भरतपुरका विभिन्न छ स्थानबाट ठुलो सख्यामा ¥याली निकाल्ने तयारी रहेको जिल्ला पार्टी अध्यक्ष् पार्वती रावलले जानकारी दिनु भयो । प्रत्येक ¥यालीमा एम्वेलेन्स स्वास्थ्यकर्मी सहभागी हुने भएको छ । नवलपुरको गैँडाकोट, चितवनको केन्द्रीय बस टर्मिनल चोक, विशाल चोक, आँपटारी चोक, बेलचोक, त्रिचोकसहितबाट निस्किने ¥यालीमा पार्टीका शीर्ष नेताहरु सहभागी हुने तयारी रहेको छ । १०औँ राष्ट्रिय महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ ।
अध्यक्ष रावलका अनुसार जिल्लाका विभिन्न स्थानमा स्वागतद्वार निर्माण, उद्घाटन सत्रको मञ्च निर्माण तथा बन्दसत्र हुने हल निर्माण सहित आवास व्यवस्थापनको सबै काम पूरा भएको हो ।
मङ्सिर १० उद्घाटन हुने महाधिवेशन स्थलमा मञ्च निर्माण, सेल्फी प्वाइन्ट निर्माण, गैँडाको मस्कट निर्माण सहितका सबै काम पूरा भएको जिल्ला अध्यक्ष रावलले बताउनुभयो । जिल्ला प्रवेश गर्ने विभिन्न नाका र जिल्लाका मुख्य राजमार्गमा ४५ भन्दा बढी स्वागतद्वार निर्माण गरिएको रावलले बताउनुभयो ।
राजमार्गको दुवै छेउमा नेकपा एमाले र अनेरास्ववियुको झण्डा तथा ध्वजा पताका राखिएको छ । एमाले महाधिवेशनका लागि चितवनका राजमार्ग तथा महाधिवेशन स्थल र बन्दसत्र हुने स्थानलाई सिँगारिएको छ । महाधिवेशनको उद्घटन सत्रमा चितवनबाट मात्रै एक लाख र देशभरीबाट पाँच लाख जनसहभागिता जुनाउने गरी समन्वय भइरहेको रावलले बताउनुभयो ।
महाधिवेशनका क्रममा जिल्लाका विभिन्न स्थानमा एमालेको ६० हजार भन्दा बढी झण्डा, विद्यार्थी संगठन अनेरास्ववियुको झण्डा, अखिल नेपाल महिला संघको झण्डा सहितका झण्डाहरु सडक किनारमा राखिएको प्रचार सहयोग समिति चितवनका संयोजक विजय सुवेदीले जानकारी दिनुभयो । महाधिवेशनलाई लक्षित गर्दै चितवनको सीमानाकाहरु मौवाखोला, मुग्लिन, पुलचोक तथा लोथरदेखि नै महाधिवेशनमा सहभागी हुने प्रतिनिधि तथा पाहुनलाई स्वागत गर्नेगरी स्वागतद्वार तथा पार्टीका झण्डाहरु राखिएको सुवेदीले बताउनुभयो ।
नेकपा एमालेको महाधिवेशनमा आउने प्रतिनिधि, स्वदेशी तथा विदेशी पाहुना गरी तीन हजार ५०० जनाका लागि आवस व्यवस्थापनको काम भएको आवास व्यवस्थापन समितिका संयोजक एवं सङ्घीय सांसद कृष्णभक्त पोखरेलले बताउनुभयो । महाधिवेशनका लागि विभिन्न जिल्लाबाट प्रतिनिधिहरु आउने क्रम सुरु भएको पोखरेलले बताउनुभयो ।

शेयर गरौ

ताजा अपडेट