एमाले महाधिवेशनमा आउन घर-घर निम्तो: भरतपुरबाट ५० हजार सहभागी हुने लक्ष्य

चितवन, ४ मंसिर । नेकपा (एमाले)को १० औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा भरतपुर महानगरपालिकाबाट ५० हजार जनता सहभागी गराइने भएको छ । मंसिर १० गते नारायणी नदी किनारमा हुने उद्घाटन सत्रमा महानगरका २९ वटा वडाबाट ५० हजार जनता सहभागी गराउन लागिएको हो ।
नेकपा (एमाले) भरतपुर महानगर कमिटीका अध्यक्ष शंकर थपलियाका अनुुसार महानगरका २९ वटै वडामा भेला सम्पन्न गरिएको छ । सबै वडामा वडास्तर र टोल स्तरका जनपरिचालन कमिटी गठन गरिएको उहाँले बताउनुुभयो । सबै वडामा प्रचारप्रसार र घरदैलो कार्यक्रम समेत सञ्चालन गरिएको थपलियाले जानकारी दिनुुभयो । उहाँले महानगरका कुनैपनि घर परिवार नछुुट्नेगरी अभियान सञ्चालन भइरहेको बताउनुुभयो ।
एमाले भरतपुर महानगरले महाधिवेशनलाई लक्षित गर्दै स्थानीय स्तरमा महाधिवेशनको झण्डा, ब्यानर तयार पार्ने र सकेसम्म स्थानीय स्तरका सवारीसाधन प्रयोग गर्ने जनाएको छ । भरतपुरमा एमाले महाधिवेशनको उद्घाटन सत्र हुने भएकाले पनि भरतपुरले व्यापक जनसहभागिता गराउने तयारी गरिरहेको हो । चितवनमा महाधिवेशन हुने भएपछि यहाँका कार्यकर्तामा उत्साहा बढेको भन्दै थपलियाले चितवनले महाधिवेशनको महत्वपूर्ण अवसर पाएको बताउनुुभयो ।
दुुई साता अघिमात्रै एमाले भरतपुर महानगरले नयाँ नेतृत्व पाएको छ । सबै वडा अधिवेशन सम्पन्न भइसकेका छन् ।

शेयर गरौ

ताजा अपडेट