नेता बिजय सुवेदीकाे संयाेजकत्वमा महाधिवेशन प्रचार समिति चितवन गठन

चितवन । नेकपा एमाले दशाैं राष्ट्रिय महाधिवेशन प्रचार सहयाेग समिति चितवनकाे घाेषणा गरिएको छ। आज विजय सुवेदीकाे संयाेजकत्व तथा सहसंयाेजक केशव रेग्मी र सचिव तिलक रिमाल सहित ५१ सदस्यीय सहयोग समिति घाेषणा गरिएकाे हाे ।

उक्त समितिले केन्द्रीय प्रचार कमिटीसँग समन्वय गरी महाधिवेशनस्थल चितवन केन्द्रित भएर काम गर्ने छ। भरतपुरमा भएकाे भेलामा केन्द्रीय प्रचार कमिटीका सहसंयाेजक सूर्य थापाले प्रचार सहयाेग समितिकाे नामावली घाेषणा गरेका हुन् ।

भेलामा प्रमुख अतिथि केन्द्रीय प्रचार कमिटीका संयाेजक तथा पार्टी सचिव याेगेश भट्टराईले महाधिवेशनकेन्द्रित प्रचार कार्ययोजनाकाे बारेमा जानकारी गराउँदै भेलालाई निर्देशन दिए। उनले रचनात्मक ढंगले महाधिवेशनलाई भव्य र सफल पार्ने अभियानमा जुट्न सबैलाई अनुराेध गरे।

शेयर गरौ

ताजा अपडेट